Home Blog Page 514
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो । एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् ।संयन्त्रको बैठकले मन्त्रालय भागबण्डा टुंगो लगाउने छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘जे...
काठमाडौँ । कास्कीको पोखरास्थित सेती नदिको खोँचमा यति एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । मृतकमध्ये २६ वटा शव आफन्त र परिवारले चिनेर सनाखत गरिदिएका छन् ।कतिपय शव परिचयपत्रको आधारमा सनाखत गरिएको छ । यती एयरलाइन्स प्रा।लिको ९–एन एएनसी एटिआर–७२ विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । ४ जनाको अवस्था अझै अज्ञात छ ।...
पोखरा । यती एयरलाइन्सको  विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव दिन ढिलाइ गरेको भन्दै मृतकका आफन्त आक्रोशित भएका छन् ।शव पहिचान भएको २४ घन्टा बितिसक्दासमेत शव बुझ्न नपाएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम गृह अगाडि जम्मा भएका मृतकका आफन्त र परिवारका सदस्यले धेरै समय पर्खिनुपरेको भन्दै विरोध जनाएका हुन् ।मृतकका परिवारका सदस्यले शव दिन...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा आजै टुंगिने बताएका छन् । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार विहान लामो छलफलपछि उनले मन्त्रालय   भागबण्डा आजै टुंगिने बताएका हुन् ।ओली निवास बालकोटबाट बाहिरिँदै गर्दा उनलाई पत्रकारहरुले ‘मन्त्रिपरिषदको भागवण्डा कहिले टुंगिन्छ’ भनेर सोधेका थिए । जवाफमा प्रचण्डले आजै टुंगिने बताएका थिए । ‘सभामुख...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जम्मा ३ वटा मन्त्रालय पाउने भएको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने अब थप दुई जना मन्त्री हुनेछन् ।प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । सोमबार एमाले अध्यक्ष ओलीको निवास,...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई विश्वासको मत दिएका सबै पार्टीका नेताहरूको बैठक मङ्गलवार बस्ने बताएका छन्।सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा कुराकानी गरेपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने सबै पार्टीका नेताहरू मङ्गलवार बैठकमा बस्न लागेको बताए। ‘विश्वासको मत दिने सबै पार्टीका नेताहरूको बैठक भोलि बस्दै छ,’ उनले भने।उनले मन्त्रिपरिषद्लाई छिट्टै...
काठमाडौं । संघीय संसद सचिवालयले सभामुखको निर्वाचनर्को तयारी पूरा गरेको छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मंगलबार सभामुखको निर्वाचन तालिका प्रकाशित हुनेछ । बुधबार सभामुखका लागि मनोनयन दर्ता हुनेछ ।‘प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्नेछ’ प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ ।बुधबार नै...
काठमाडौँ । तनहुँमा खुकुरी प्रहार गरी एक जना पुरुषको हत्या भएको छ। सोमबार बिहान साढे ११ बजे भानु नगरपालिका–६ टुहुरे स्थित डुम्रे–चन्द्रवती भित्री सडक खण्डमा एक पुरुषको हत्या भएको हो।सो ठाउँमा बस्ने ४९ वर्षीय सन्तबहादुर गुरुङको हत्या भएको हो। हत्या आरोपमा व्यास नगरपालिका–८ रिस्ती बस्ने २४ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी...
पोखरा । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचानका लागि काठमाडौँबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पुगेका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा.गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा पुगेर शवको परीक्षण थालेका हुन् ।दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाडौँका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक...
पोखरा । पोखरामा सोमबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा अझै ४ जनाको अवस्था अज्ञात छ। ६८ जनाको शव निकालेर अस्पताल पुर्याएर पहिचानको क्रममा छ।पोखरा महानगरपालिका- ७ र १५ जोड्ने मितेरी पुल नजिकको सेती खोँचमा अज्ञात ४ जनाको खोजी जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोँच माथि अड्एिको विमानको बडीमा खोजतलास गरिरहेको छ।माघ १ गते...