Thursday, October 8, 2026
Home समाचार खुकुरी प्रहार गरी एक जनाको हत्या

खुकुरी प्रहार गरी एक जनाको हत्या

61

काठमाडौँ । तनहुँमा खुकुरी प्रहार गरी एक जना पुरुषको हत्या भएको छ। सोमबार बिहान साढे ११ बजे भानु नगरपालिका–६ टुहुरे स्थित डुम्रे–चन्द्रवती भित्री सडक खण्डमा एक पुरुषको हत्या भएको हो।

सो ठाउँमा बस्ने ४९ वर्षीय सन्तबहादुर गुरुङको हत्या भएको हो। हत्या आरोपमा व्यास नगरपालिका–८ रिस्ती बस्ने २४ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हत्याको कारण खुलिनसकेको बताइएको छ । घटनामा संलग्न खुकुरी प्रहार गर्ने आशिस परियारलाई हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।