काठमाडौं । हिन्दु धर्ममा बुध’ ग्रहकोलागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव कृष्णको अवतारको पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।
बुधबार के...
भक्तपुर । भक्तपुरको ताथलीमा आगामी २०८२ कार्तिक ४ गते, मङ्गलवारका दिन भिंतुना र्याली ११४६ आयोजना गरिने भएको छ।
विगत लामाे समयदेखि चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे प्रगति युवा समाजले आयाेजना गर्दै आइरहेको भिंतुना र्याली याे वर्ष आगामी कार्तिक ४ गते गरिने भएको हाे । सो निर्णय र्यालीका लागि शनिबार भएकाे तयारी भेलाले सर्वसम्मत रूपमा गरेको आयाेजक समाजका अध्यक्ष...
भक्तपुर । सामाजिक एकता र भाइचार कायम राख्ने उद्देश्य सहित भक्तपुर जिल्लामा बसोबास गर्दै आउनु भएका ढकालबन्धुहरुको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाको बालकोटमा एक कार्यक्रममाबीच उक्त कार्यक्रमम सम्पन्न भएको ढकाल बन्धु समाज भक्तपुरका अध्यक्ष हरि विष्णु ढकालले बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथिमा पूवृमन्त्री टंक ढकाल, अतिथिहरुमा सार्क उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डिराज ढकाल,...
काठमाडौँ । माओवादी केन्द्र पार्टीको नाम फेर्न तयार भएको छ । नेकपा एकीकृत समाजवादी ९एस० सँगको एकता वार्तापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर समाजवादी मोडलको नाम राख्न सहमति बनेको हो । ‘नाममा समाजवादी केन्द्र विकल्पका रूपमा आएको छ,’ वार्तामा सहभागी एक नेताले बताए । नेकपा समाजवादी केन्द्र, नेकपा समाजवादी एकता केन्द्र, नेकपा वैज्ञानिक समाजवादीलगायत प्रस्तावित नाम छन् । एकतापछि...
काठमाडौं । आइतबार ‘भोटेकोशी जेनजी ग्रुप’ र भोटेकोशी पावर कम्पनीबीच १० प्रतिशत निःशुल्क सेयर लेनदेन सम्झौता भएको छ । भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत शेयर लेन–देनमा सम्झौता भएसँगै आयोजना सञ्चालनमा आएको छ । सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज २०८२ असोज २७ गते सोमबार दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।...
भक्तपुर । सूर्यविनायक नगरपालिका नगर प्रमुख नगरप्रमुख वासुदेव थापाले नगर खेलकुद विकास समितिद्वारा आयोजित निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको शनिवार एक विशेष समारोहका बीच उद्घाटन गर्नुभएको छ । कार्यक्रमका क्रममा नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापाले यस प्रशिक्षणले बालबालिकालाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमले फुटबल खेलप्रति बालबालिकामा आकर्षण बढाउँदै भविष्यमा...
भक्तपुर । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीनव खत्रीले नगरभित्र संचालित कुनैपनि सहकारी संस्थामा समस्या नभएको बताउनु भयो । उहाँले सर्वसाधरणको बचत दुरुपयोग नहो्स भनेर...
काठमाडौं । अवरुद्ध बिपि राजमार्ग खुलाइएको छ। बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर राजमार्गमा सवारी संचालन गरिएको हो । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए अनुसार बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बोलाइएको छ। बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा, सहभागिता, व्यवस्थापन र पार्टीले सञ्चालन गर्ने विभिन्न अभियानसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।










