काठमाडौं । आइतबार ‘भोटेकोशी जेनजी ग्रुप’ र भोटेकोशी पावर कम्पनीबीच १० प्रतिशत निःशुल्क सेयर लेनदेन सम्झौता भएको छ । भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत शेयर लेन–देनमा सम्झौता भएसँगै आयोजना सञ्चालनमा आएको छ । सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन् ।
















