भक्तपुर । सामाजिक एकता र भाइचार कायम राख्ने उद्देश्य सहित भक्तपुर जिल्लामा बसोबास गर्दै आउनु भएका ढकालबन्धुहरुको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाको बालकोटमा एक कार्यक्रममाबीच उक्त कार्यक्रमम सम्पन्न भएको ढकाल बन्धु समाज भक्तपुरका अध्यक्ष हरि विष्णु ढकालले बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथिमा पूवृमन्त्री टंक ढकाल, अतिथिहरुमा सार्क उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकाललगायत उपस्थिति रहेको थियो । सो अवसरमा परिचयात्मक कार्यक्रमका साथै बडादशैं, तिहारको उपलक्ष्यमा शुभकामना समेत आदनप्रदान गरिएको अध्यक्ष ढकालले बताउनुभयो ।
















