सप्तरी । जिल्लाको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कञ्चनरुप –९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा१८च ६६१७ नंको स्कारपियो एकापसमा ठक्कर खाँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो । सप्तरी प्रहरीका अनुसार स्कारपियोमा सवार...
बैतडी । जिल्लाको दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।शनिबार वनभोज मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका बुडाल सोही राति नदीमा मृतावस्थामा फेला...
२४ औं वार्षिकोत्सव सम्पन्न
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न ६मा रहेको क्वालिटी ईङ्गलिस सेकेन्डरी स्कुलले आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ । बिद्यालयले आफ्नो २४ औं बार्षिक उत्सव, अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा शैक्षिक बर्ष २०७८ का कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।बर्ष बिद्यार्थीमा कक्षा १० कि छात्रा प्रविना लामिछाने, सबै दिन बिद्यालय आउने...
चितवन । जिल्लामा ‘अफ्रिकन स्वाइन फिवर’का कारण १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् ।भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा-प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा तीन , रत्ननगरमा चार , इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा रहेका बङ्गुरमा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय वसुन्धारामा आज बिहान ११ बजे बैठक बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिएका छन् । बैठकमा नयाँ राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने उनले बताए ।
काठमाडौँ । आजकालागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल र तरकारीको मूल्य सार्वजनिक गरेको छ । जस अनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ७० रुपैयाँ, किवि ३५० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।यसैगरी नेपाली ठुलो गोलभेँडा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।उता, देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ...
भक्तपुर । नेकपा एमालेले मध्यपुरठिमी नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठले आफ्नो पदिय मर्यादा भुलेको भन्दै एक बिज्ञप्ती जारी गरेको छयस्तो छ नेकपा एमालेको प्रेस विज्ञप्ति:
मध्यपुर थिमी नगरपालिकाबाट विनियोजिट बजेट बमोजिम निर्माण कार्यको लागि उपभोत्ता समिति गठन गर्दा 'सार्वजनिक निर्माण कार्य गराउने सम्बन्धी कार्यविधि ०७९" अनुसार स्थानिय जनतालाई सार्वजनिक सूचना जारी गरि उपभोत्ता समिति गठन गर्नुपर्नेमा सो नगरि न पा को...
काठमाडौँ । सरकारलाई दिएको समर्थन राष्ट्रिय प्रजातन्त्र पार्टी फिर्ता लिएका प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुपर्ने भएको छ । प्रधानमन्त्रीले आगामी ३० दिनभित्र प्रतिनिधिसभाबाट फेरि विश्वासको मत लिनुपर्ने भएको छ । र सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले...










