काठमाडौँ । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक(डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले गरेको सिफारिसअनुसार चार जना डीआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।प्रहरी नायव महानिरीक्षकहरू (डीआईजी)सन्दीप भण्डारी,सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा गरिएको हो।गत चैत्र १३ गते बढुवा समितिको बैठकले उनीहरूलाई एआईजीमा...
काठमाडौँ । उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन् ।काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने सो फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा कृष्णहरि महर्जन र सहसचिवमा सुरेन्द्र श्रेष्ठ चयन भएका छन् ।उनीहरू क्रमशः सूर्यविनाय, चन्द्रागिरि, टोखा, तारकेश्वर र मध्यपुरथिमीका नगरप्रमुख छन् । फोरमको सदस्यमा उपत्यकाका बाँकी...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ। विश्व स्वास्थ्य दिवसको अवसरमा आज युएसएआडी स्वच्छ हावा परियोजनासँगको सहकार्यमा मन्त्रालयको मूलगेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको हो।मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो भने त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र...
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेश गर्ने कार्यतालिका रहेको छ ।संघीय संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देश सहित...
काठमाडौँ । दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सुरु भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा जारी बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समीक्षा,कार्यान्वयनको अवस्था, चुनौतीलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ ।बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, अर्थ मन्त्री,सबै प्रदेशका मुख्यमन्त्री,मुख्यसचिव, जिल्ला समन्वय समिति महासङ्घ अध्यक्ष, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घका अध्यक्षहरूको उपस्थिति रहेको छ...
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै, आज तेजाबी सुन तोलाको १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४४०...
काठमाडौँ । सरकारले कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई शहीद घोषणा गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले जानकारी दिए ।कोशी प्रदेश नामकरणविरुद्धमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको चैत १०...
काठमाडौँ । नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।निर्देशक कँडेलले केही घटनाक्रम आफैँसँग मिल्दो रहेको जानकारी दिए । ‘मेरो जीवनको केही भोगाई चलचित्रमा एउटा पात्रमार्फत प्रस्तुत गरिएको छ । यो हाम्रै समाजसँग जोडिएको कथा हो’, उनले भने,...
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अहिले ९ बजे सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ । साथै केही प्रशासनिक निर्णय हुनसक्ने आकलन पनि सचिवालयको छ ।
भक्तपुर । भक्तपुरको बिस्काः जात्रालाई शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले यस्तो सूचना प्रकाशित गरेको छ ।यही मिति २०७९ । १२ । २७ देखि मिति २०६०।०१।०५ गते सम्म सञ्चालन हुने भक्तपुर जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक रुपमा बिशिष्ट पहिचान बोकेको बिस्का (बिस्केट) जात्रालाई शान्तिपूर्ण, अनुशासित, व्यवस्थित, सभ्य र भव्य रुपमा सम्पन्न गर्न देहाय बमोजिम गर्नु र गराउनुहुन सरोकारवाला सबैको जानकारीको...










