Tuesday, September 22, 2026
Home समाज नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा

नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा

61

काठमाडौँ । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक(डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले गरेको सिफारिसअनुसार चार जना डीआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रहरी नायव महानिरीक्षकहरू (डीआईजी)सन्दीप भण्डारी,सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा गरिएको हो।

गत चैत्र १३ गते बढुवा समितिको बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषद् बैठकले गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, तामाङलाई अपराध अनुसन्धान विभागमा,भण्डारीलाई मानव स्रोत र मिरा चौधरीलाई कार्य विभागमा पदस्थापन गरेको हो।