Thursday, April 30, 2026
Home Blog Page 337
काठमाडौं । नेकपा एमालेले पार्टी कमिटी भद्दा भएको निष्कर्ष निकालेको छ।  तीन दिन पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पदमा बस्न मरिहत्ते गर्ने तर जिम्मेवारी बहन नगर्ने प्रवृत्ति बढेको निष्कर्ष निकालेको हो। बैठकपछि प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निरन्तर पार्टीको ३ वटा बैठकमा अनुपस्थित हुनेलाई हटाउने निर्णय भएको बताए।कमिटीमा हरेका पदाधिकारी थपेपनि हटिसकेपछि नथप्ने बताए।
भक्तपुर । मजोज केसी राष्ट्रिय स्वतन्त्र पार्टी सुर्यविनायक नगर समितिको सभापतिमा  चयन भएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समितिको बृहत वैठकले केसीको सभापतित्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।समितिको उपसभापतिमा राजु राउत, सचिवमा आस्था बस्नेत, कोषाध्यक्षमा दिपेन्द्र परियार छानिएका छन् । त्यसैगरी सदस्यमा सुशान्त डोटेल, दिनेश न्यौपाने, श्याम कुमार महत, सन्तोषी नगरकोटी, रामकृष्ण देउजा, सुनिला देउजा र...
काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको मृत्यु भएको छैन र १४...
एजेन्सी । श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १।८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी गराउनुभएको छ ।मन्त्रीका अनुसार कामदारले अप्रिलमा ४५४ मिलियन डलर पठाएका छन् जुन अप्रिल २२ मा रेकर्ड गरिएको प्रवाहको तुलनामा ८२.४ प्रतिशतले बढी हो । त्यसैगरी २०२१ र २०२२ का...
पाकिस्तान । हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।लाहोरको कोर्प्स कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर आतङ्कवाद विरोधी ऐन अन्तर्गत दायर गरिएका मुद्दामा पञ्जाब प्रहरीले थप ५४० जनालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेहरूमा इमरान खान नेतृत्वको पाकिस्तान तहरीक–ए–इन्साफ ९पीटीआई० का सदस्य रहेको डनले बताएको छ ।मे...
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव सङ्कलन कार्यक्रम’मा अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव...
एजेन्सी । कर्नाटकामा बुधबार सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी छ। शनिबार बिहानदेखि सुरू भएको मतगणनाको अहिलेसम्मको विवरणमा सत्तारूढ भारतीय जनता पार्टीलाई पछि पार्दै कंग्रेस आई बहुमततर्फ अग्रसर देखिएको छ। मतगणना जारी रहँदा विधानसभाका कुल २२४ मध्ये ११८ क्षेत्रमा कंग्रेस आईले अग्रता लिइरहेको छ। बहुमतको सरकार बनाउन ११३ सिट आवश्यक रहन्छ।टाइम्स अफ इन्डियाका अनुसार हालसम्म सत्तारूढ भारतीय जनता पार्टीले ७९...
-विदुर प्रसाद तिमल्सिनाशोकले आकुल हृदयमा छैन मह्लमरुपि मायालु शब्द शोकले ग्रस्त बनेका मनले चिर्न सक्दैन अनन्ततालाईविषक्त बन्दैछ धरती विष बन्दैछ पानी जताततै देखिन्छ जमिनमा खोलानालामा हक जमाउने बसेका छन् ढुकेर कुवाका ती भ्यागुताहरू !चौतारो मास्नेहरू बनेका छन् समाजका ठूला अग्रजहरू देख्छन् किन दिन र रात एकै हिँडेको देख्छु तिनै अग्रजलाई रेट्न वसन्तलाई निरन्तर !!भजन भजाइ भँडारे बन्ने धुनमा सफल बनेको छ भँडारी बन्न बगरेका चुपीमा साँधिएर रेटन उदत्त छन् चुपीहरू आउने हाम्रा वर्तमानलाई !!!चाँगुनारायण-८, सुडाल...
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । आज यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा उनले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्ने प्रतिपक्षका रुपमा उभिने बताए ।सभापति लामिछानेले भने, ‘प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको छु, मैले उहाँलाई हौसला दिएर...
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतीक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका...