Tuesday, October 6, 2026
Home साहित्य कविताः कुवाका भ्यागुताहरू

कविताः कुवाका भ्यागुताहरू

32

-विदुर प्रसाद तिमल्सिना

शोकले आकुल हृदयमा छैन
मह्लमरुपि मायालु शब्द
शोकले ग्रस्त बनेका मनले
चिर्न सक्दैन अनन्ततालाई

विषक्त बन्दैछ धरती
विष बन्दैछ पानी
जताततै देखिन्छ जमिनमा
खोलानालामा हक जमाउने
बसेका छन् ढुकेर
कुवाका ती भ्यागुताहरू !

चौतारो मास्नेहरू बनेका छन्
समाजका ठूला अग्रजहरू
देख्छन् किन दिन र रात एकै
हिँडेको देख्छु तिनै अग्रजलाई
रेट्न वसन्तलाई निरन्तर !!

भजन भजाइ भँडारे बन्ने धुनमा
सफल बनेको छ भँडारी बन्न
बगरेका चुपीमा साँधिएर
रेटन उदत्त छन् चुपीहरू
आउने हाम्रा वर्तमानलाई !!!

चाँगुनारायण-८, सुडाल भक्तपुर