रौतहट– लत्ताकपडासहित भारतीय मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।रौतहट जिल्लाको राजपुर नगरपालिका १ स्थित पिप्रा भगवानपुरबाट जेठ २ गते सशस्त्र प्रहरीले करिब ३ लाख ३१ हजार रुपैयाँ बराबरको लत्ताकपडासहितको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको हो ।बिआर ०६ सिबि ३८६४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल नम्बर ११...
काठमाडौँ : ‘एमआरआर’ ग्रुपका सदस्यहरूले नक्कली शरणार्थी काण्डमा प्रहरी प्रशासनले गरेको कामको प्रशंसा गर्दै त्यसको समर्थनमा प्रदर्शन गरेका छन्।मंगलबार माइतीघर मण्डलामा ‘एमआरआर’ ग्रुपका सदस्य सहित कलाकार दीपकराज गिरी र निर्मल शर्मा पनि उपस्थित थिए। प्रदर्शनकारीले राम्रो कामलाई सधैं हाम्रो साथ प्रहरी प्रशासनलाई विशेष धन्यवाद, सानालाई मात्र हो त ऐन ? ठूलालाई खै त हतकडी र चेन, फेरि पनि भन्छौ...
काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जथाभावी रूपमा राष्ट्रिय गौरवको आयोजना भनेर नामकरण गर्न नहुने बताएका छन्। अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजनाको स्पष्ट परिभाषा तय गरी त्यसभित्र पर्नेलाई मात्रै त्यस्तो नाम दिन उपयुक्त हुनेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण समेत गराए। मंगलबार संघीय संसद् राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले मन्त्री, प्रधानमन्त्रीलाई लाग्नेबित्तिकै राष्ट्रिय गौरवको आयोजना...
काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो ।
काठमाडौं : कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने बताएका छन्। मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा...
केन्यामा भोकै बसेर सामूहिक आत्महत्या गर्नेको संख्या २०१ पुगेको छ। अदालतले गुड न्यूज इन्टरनेशनल चर्चका पास्टर पाउल म्याकेन्जीलाई जमानत दिन अस्वीकार गरेको छ। पादरीले आफ्ना अनुयायीहरूलाई बच्चाहरू र आफूलाई मार्ने आदेश दिएका थिए ताकि तिनीहरू स्वर्गमा जान र संसारको अन्त्य हुनु अघि यशूलाई भेट्न सकून्। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार पहिलो पटक बालबालिका र महिलालाई सामूहिक आत्महत्याका लागि तयार पारिएको...
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ। उनी लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्नुहुन्छ।
विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिन्छिन् प्रेमा। साइकलमा ओहोरदोहोर गर्ने उनको दोदा नदीमाथिको जीर्ण काठे पुल प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने बाध्यता छ। ‘वर्षौँदेखि नदी तर्न काठे पुलकै प्रयोग गर्दै आएका छौँ, यो पुल पनि...
अठार वर्षीय बन्दुकधारीले युवकले सोमबार न्यु मेक्सिकोको गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन्। गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले उल्लेख गरेको छ। गोली हान्ने ती युवकलाई प्रहरीले गोली हानी मारेको छ। अल जजीराका अनुसार न्यु मेक्सिकोको फार्मिङ्टनको आवासीय क्षेत्रमा सोमबार गोली हानाहान गर्ने किशोर...
काठमाडौं : सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। अध्यक्ष नेपालले सो विमानस्थलको कामलाई अगाडि बढाउन सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति असन्तुष्टि समेत...
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संसद र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन्।मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले आफूले मन्त्रीको रुपमा सो अनुभूति गरेको बताएका हुन्।मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेशको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो...










