सुर्खेत : वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएका हुन्।नगरपालिकाअन्तर्गतका कर्मचारीले भने तलबभत्ता पाइरहेका छन्। तर स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका स्थायी स्वास्थ्य कर्मचारी तलबबाट वञ्चित छन् । तलब नपाउँदा घर खर्च टार्नसमेत समस्या भएको उनीहरूको गुनासो छ। तलब नदिँदा दैनिक जीवनयापन गर्न समस्या भएको अनमी राजेन्द्रकुमारी थापाले...
काठमाडौं । कलाकार रोबिन तामाङ मंगलबार बुढालिनकण्ठस्थित आफ्नै निवासमा मृत्यु भएको छ । घरको मुलगेट र ढोका बन्द भएपछि उनलाई परिवारका सदस्यले पटक पटक फोन गरेको र फोन नउठेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि प्रहरी र परिवारका सदस्यले ढोका फोडेर भित्र जादाँ उनी खाटमा पल्टीरहेका थिए । सन् १९६३ मा सिंगापुरमा नेपाली लाहुरे परिवारमा उनको जन्म भएको थियो...
भक्तपुर । नेपाल प्रहरीले गएको मध्यरातमा खसी चोर्न आउने एक जनालाई पक्राउ गरेको छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका ४, चाँगुमा खसी चोर्न आउने सोही स्थानको हलछाप बस्ने श्याम परियारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित के.सीका अनुसार परियारले ओखलढुङ्गा मलङ गाउँपालिक ८ घर भई हलछापमा नारायण राईले बाख्रापालन गरेको स्थानबाट खसी चोर्ने प्रयास...
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा। चालिसेलाई नियुक्त गरेको हो । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ। आइतबार मणिपुरको विष्णुपुर र चुराचान्दपुर जिल्लाको सिमानामा हिंसा भड्किँदा चार जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।मारिनेमध्य तीन जना मैतेई समुदायका रहेको बताइएको छ।आदीवासी संस्था इन्डिजेनस ट्राइबल लिडर्स फोरमले पनि एक सूचना जारी गरी आइतबारको हिंसामा कुकी समुदायको एक व्यक्तिको हत्या भएको दाबी गरेको छ।विष्णुपुर जिल्लाका प्रहरी उपरीक्षक एच बलरामका...
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ।
चाँगुनारायण नगरपालिका-८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनका अनुसार असार १३ गते कमलविनायकबाट जितपुर जाँदै गरेको बाग्मती प्रदेश ०२-०२६ प. ०६५३ नम्बरको मोटरसाइकलले घिमिरेलाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।उपचारको क्रममा सोमबार साँझ...
भक्तपुर । इष्ट पोइन्ट एकेडमी स्कुलले गुरुपूर्णिमा भव्य रुपमा मनाएको छ ।
भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा रहेको उक्त विद्यालयका विद्यार्थीहरुले विभिन्न गतिविधी गरेर गुरुपूर्णिमा मनाएका हुन् ।तस्विरमा हेरौं
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)जारी मिति: २०८० आषाढ १९ गते बिहान ६:०० बजे
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा...
काठमाडौं । नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बहादुर बानियाँले प्रदेशमा बिभागहरु गठनलाई निरंतरता दिएका छन।यसैक्रममा काङ्ग्रेसमा महत्वपूर्ण मानिने प्रशिक्षण विभागमा सोमबार पदाधिकारी तथा सदस्यहरुको विभागका प्रमुख तथा प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जनले मनोनयन गरेका हुन। उपसभापति महर्जनलाई यस अघिनै सभापति बानियाँले बिभागको प्रमुखमा चयन गरिसकेका थिए।संविधान सभा सदस्य समेत रहेका नेता महर्जनलाई प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा...
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आ-आफ्नो अडान नछाड्दा कोशीको मुख्यमन्त्री टुंगो लगाउने दलहरूको प्रयास सफल भएको छैन। शीर्ष नेताहरूले मुख्यमन्त्री टुंग्याइदिने अपेक्षा गरिरहेका प्रदेशका नेताहरू शीर्ष तहका नेताहरूले निर्णय दिइनसकेको बताइरहेका छन्। मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कोशीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितको गठबन्धनले नयाँ सरकार बनाउने कसरत गरिरहेका छन्। आइतबार मात्रै प्रदेश...










