मध्यरातमा भक्तपुर चाँगुमा खसी चोर्न आउने को थिए ?

10049
सांकेतिक तस्विर

भक्तपुर । नेपाल प्रहरीले गएको मध्यरातमा खसी चोर्न आउने एक जनालाई पक्राउ गरेको छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका ४, चाँगुमा खसी चोर्न आउने सोही स्थानको हलछाप बस्ने श्याम परियारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित के.सीका अनुसार परियारले ओखलढुङ्गा मलङ गाउँपालिक ८ घर भई हलछापमा नारायण राईले बाख्रापालन गरेको स्थानबाट खसी चोर्ने प्रयास गरेका थिए । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरि आएका परियारले उक्त बाख्रागोठमा प्रवेश गरी खसी फुकाउदै गरेको अवस्थामा संचालक राईले थाहा पाई हल्लाखल्ला गररेका थिए । वरपर हल्ला भएपछि परियार भागेकोमा निजलाई भाग्दै गरेको अबस्थामा सोही स्थानबाट प्रहरी चौकी चाँगुका प्र.ब.ना.नि.निर्मल खत्री टोलीले नियन्त्रणमा लिई परिसर भक्तपुर पठाएको हो । यसबारेमा थप अनुसन्धान भईहरको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।