राजनीति
एमाले सांसद राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सांसद राईले आफ्नो भनाईको शुरुमा नै सभामुखज्युले कान सुन्नुहुन्छ कि हुन्न? भनि अभिव्यक्ति दिएपछि उनलाई बोल्नबाट रोक लगाउँदै संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।...
काठमाडौंः जारी फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको छ। आज बिहान कोलम्बिया र स्विट्जरल्याण्डबीचको अन्तिम १६ को खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो। अन्तिम १६ बाट ८ टोली क्वार्टरफाइनलमा पुगेका छन्। जसमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड रहेका छन्।सेमिफाइनलमा प्रतिस्पर्धा गर्न टीम फिफा विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनल (अन्तिम ८) को पहिलो खेलमा...
२३ असार, काठमाडौं । नेपालमा उत्पादन भएका चिकित्सकलाई देशमै टिकाउन नसक्ने अवस्थामा राज्य पुगेको सरकारी तथ्यांकले उजागर गरेको छ । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकले चिकित्सक पलायन भयावह बन्दै गएको देखाएको हो । सन् २०२५ मा नेपालमा चिकित्सकीय अभ्यासका लागि लाइसेन्स लिने चिकित्सकभन्दा विदेश जान आवश्यक पर्ने ‘असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ क्यारेक्टर सर्टिफिकेट) लिने चिकित्सकको संख्या बढी रहेको...
सामाजिक सञ्जालमा यतिबेला विदेश जान लागेका एक व्यक्तिको तस्वीर भाइरल बनिरहेको छ । कलिलो उमेरमै रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता आइपरेको दाबीसहितका भावुक पोस्टहरू अनगिन्ती भेटिन्छन् । एक वृद्धले १३–१४ वर्षजस्तो देखिने एक युवकलाई माला लगाइरहेका छन् । पृष्ठभूमिमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिएकाले उनी विदेश जाँदैछन् भन्ने कुरामा कुनै दुविधा रहँदैन ।सामाजिक सञ्जालमा फोटो निकै फैलियो । घरको बाध्यताले...
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज केही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भाग तथा मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी...
चितवन : पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ। दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो। उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए। उक्त हात्तीले गत शनिबार राति एकै परिवारका दुई जनाको ज्यान लिएको थियो। उक्त...
काठमाडौं : पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप राहत रकम एक साता भित्र उपलब्ध गराउने भएको छ। ५२ करोड रुपैयाँ रकम क्षतिपुर्ति स्वरुप एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको विभागले जनाएको हो। विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन्छी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्यांकनका आधारमा...
काठमाडौं : अहिले मनसुन याम, मौसमको कुनै भर हुँदैन। बिहान टन्टलापुर घाम लागिरहेको हुन्छ भने साँझ घर फर्कने बेला एक्कासी मुसलधारे वर्षा हुन थाल्छ। त्यसपछि सुरू हुन्छ, उपत्यकावासीको अर्को चिन्ता– कतै सडक जलमग्न त हुने होइन ? सवारी चालकलाई डुबेको सडक छिचोल्नुपर्ने बाध्यता हुन्छ भने पैदलयात्री सुरक्षित पाइला टेक्ने बाटो खोज्दै भौँतारिनुपर्छ। गत बिहीबार साँझको व्यस्त समय थियो। सरकारी...
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ६४.६९ प्रतिशत हो । जीपीएअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८०...
काठमाडौं । डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–८, रिग्मो गाउँमा पर्यटकलाई दिइने सेवाको गुणस्तर बढाउन शे–फोक्सुण्डोमा तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा तालिको आयोजना गरिएको थियो । शे–फोक्सुण्डो गाउँपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा भएको तालिममा आतिथ्य, सरसफाइ तथा सांस्कृतिक सेवा क्षमता अभिवृद्धि सैद्धान्तिक र व्यवहारी सिपको पशिक्षण दिएको होमस्टे महासंघ नेपालका केन्द्रीय...










