Thursday, April 16, 2026
Home Blog Page 297
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। । केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकका लागि लागि १० वटा एजेन्डा तय गरिएको छ।विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्छ। तर, एक वर्षपछि बैठक बस्न लागेको हो। २०७९ साल असार २७ देखि २ गतेसम्म कांग्रेसको केन्द्रीय समिति बसेको थियो। पार्टी सभापति शेरबहादुर देउवा निवास...
काठमाडौं : ६ जिल्लामा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० स्थित मोडमा ना.६ ख ८८९० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१० बस्ने ६३ वर्षीय लाल बहादुर घिसिङ्को सोमबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा चार सय ७५ जना फरार प्रतिवादी पक्राउ गरेको छ। अदालतमा दोषी ठहर भई कैद वा जरिवाना वा दुवै सजाय तोकेर सजाय भुक्तान नगरेका फरार प्रतिवादी पक्राउ परेका हुन्। फैसला कार्यान्वयनका क्रममा उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको हो। उनीहरुबाट ८० वर्ष १० महिना सात दिन कैद र रू एक...
बागलुङ : बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ। नगरपालिकाले चालू आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो। नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श...
भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको मुख्य प्रवेशद्धारको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा निर्माण भएको उक्त प्रवेशद्धारकालागि नगरपालिकाको ६८ लाख रुपैयाको बजेट विनियोजित गरेको थियो । प्रवेशद्धारको उद्घाटन गर्दै नगरप्रमुख थापाले सूर्यविनायक नगरपालिका क्षेत्रको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा डोलेश्वरको चर्चा चुलिएको बताए । सूर्यविनायक...
काठमाडौं । आज ९ोमबार देखि सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियमा आइपिओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि...
सुनसरी । सुनसरीको बराहाक्षेत्र नगरपालिका-१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो। कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार १९ वर्षीया प्रिति लिम्बुलाई आइतबार राति पक्राउ गरिएको हो। प्रितिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए। १९ वर्षीया मनिषा राई, नाम नखुलेको...
काठमाडौं : नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेस) माग गरेको छ। निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ रिक्त ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागेको हो। प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएकर २५ वर्ष ननाघेका इच्छुक उमेदवारले आवेदन दिन सक्नेछन् ।योग्य व्यक्तिले १५ दिनभित्र दरखास्त दिन सक्ने र अनलाइनमार्फत आवेदन दिन...
काठमाडौं : भारतको जयनगरबाट जनकपुरधाम कुर्थासम्म सञ्चालित रेल सेवा विस्तार भई महोत्तरीको भंगाहा बिजलपुरासम्म सञ्चालन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यो सेवा आइतबार शुभारम्भ गर्नेछन्। १५ महिनादेखि जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटर रेल सञ्चालन हुँदै आएकोमा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर दूरीमा सञ्चालन हुने छ। दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार...
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन्। आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्। उनले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर धुप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरे।उनले प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन...