Friday, October 9, 2026
Home समाज काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला

काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला

29

काठमाडौं : काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ। सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिएको छ। बम डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर भइसकेको परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए।‘गौशालाका डिएसपी नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ। हामीले थप अनुसन्धान सुरू गरिसकेका छौं’, उनले भने।