Wednesday, October 28, 2026
Home समाज श्रीमानले धारिलो हतियार प्रयोग गरी गरे श्रीमतीको हत्या

श्रीमानले धारिलो हतियार प्रयोग गरी गरे श्रीमतीको हत्या

35

बारा : बारामा श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। सिमौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएका राज चुडिहारले बुधबार बिहान ३ बजेको समयमा सुतिरहेकी २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई धारिलो हतियारले घाँटीमा पटकपटक प्रहार गरी हत्या गरेका हुन्। स्थानीय जाहिर चुडीहारका ज्वाँइ भारत बिहार राज्यको पूर्वी चंपारण जिल्लाको पोखरिया निवासी ३६ वर्षीय राज चुडीहार विगत एक महिनादेखि ससुराली सिमौनगढमा बस्दै आएका थिए। राज चुडीहार श्रीमतीको हत्या गरी भाग्न खोज्दा स्थानीयहरुले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएका छन्। श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन्। श्रीमतीको हत्या गर्ने राज चुडिहारलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले जानकारी दिए। मृतकका दुई छोरा र एक छोरी छन्। चालू आर्थिक वर्षको ११ महिनामा १८८८ उजुरी परेकोमा ८६३ वटा घरेलु हिंसाको मुद्दा रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कलैयाले जनाएको छ। यस्तै कर्तव्य ज्यान १० र ज्यान मार्ने उद्योग ३९ वटा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।