कञ्चनपुर : जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालयको अभाव हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। बजार क्षेत्रमै पर्याप्त सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ। ीमदत्त नगरपालिका–४ मिनी मार्केटका व्यवसायी दुर्गादत्त भट्टले सार्वजनिक शौचालयको अभाव हुँदा शौच गर्न सास्ती भोग्नुपरेको बताए। ‘यहाँ सार्वजनिक शौचालय छैन, स्थानीय तहलाई पटक पटक गुहार गर्दा पनि माग सुनुवाइ नै भएन', उनले...
संखुवासभा : संखुवासभा जिल्ला कारागार खाँदबारीमा कुटपिटबाट दुईजना कैदीको मृत्यु भएको घटनामा अनुसन्धान सुरु भएको छ। घटनामा संलग्न प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको हो। कुटपिटबाट कैदी संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहान मृत्यु भएको थियो। कैदी मादी –५ का तोलाङ्गी र ककनी –७...
काठमाडौं : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माइतीघरबाट सुरु भएको युवा पदयात्रामा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको बताए। उनले युवाहरुलाई कसरी बढीभन्दा बढी स्थान र भूमिका दिने भन्नेबारेमा नीति तयार...
गर्मीमा हाइड्रेटेड रहनु निकै महत्त्वपूर्ण हुन्छ। गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो। फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ। फलफूलले शरीरलाई हाइड्रेटेड राख्छ। गर्मी महिनामा केके फलफूल खाने भन्ने चर्चा गरौँ:१. तरबुजा
तरबुजा बिना गर्मी मौसम अधुरो जस्तै छ। यो गर्मी मौसममा खाइने सबैभन्दा राम्रो र चिसो फल हो। तरबुजा स्वस्थ र सस्तो...
काठमाडौं : सामुदायिक वन दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराका साथ देशैभर वृक्षरोपणसहितका विभिन्न कार्यक्रम गरी मनाउन दिवस लागिएको हो।सामुदायिक वन उपभोक्ता महासंघले विहान काभ्रेको धुलिखेलमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको महासंघका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिए। उनका अनुसार बिहान १० बजे राष्ट्रिय प्रकृति संरक्षण कोषमा वन तथा वातावरण...
सिरहा : सिरहामा चर्को मिटरब्याजको धन्दा चलाउने एकजना मिटरब्याजी पक्राउ परेकी छन्। मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन्। उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए। उनीमाथि थप अनुसन्धान...
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको समितिको बैठक बस्दै छ। पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक आजै अपराहन्न चार बजेका लागि बोलाएका हुन्। बैठक सभापति देउवको निवासमा बस्नेछ। बैठकमा पछिल्लो समय एमालेले अवरोध गर्दै आएको सदन अवरोधको अन्त र समसामयिक राजनीतिक विषयमा कुराकानी हुने बताइएको छ। समितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश...
काठमाडौं : नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन्। बिहीवार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक स्वतन्त्र संघर्ष समितिले भाडाको काम गर्ने, निजी प्रयोजन गर्ने सवारीसाधन तत्काल बन्द गरी भारतीय गाडीलाई निषेध गर्न माग गरेका हुन्। विरोध प्रदर्शनका क्रममा बोल्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी चालक...
काठमाडौं : कोरोना महामारी पछिको पहिलो गाईजात्रा राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने भएको छ। ‘८० सालको गाईजात्रा’ नाम दिईएको यो कार्यक्रम भदौ १३ गतेदेखि १८ गतेसम्म आयोजना हुनेछ। गाईजात्रा कार्यक्रमको आयोजक ब्राण्डवर्थ प्रालि रहेको छ। मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कँडेल, प्रभात लामा, रुबिना अधिकारी, चक्र दवाडीलगायत कलाकारहरुले...
काठमाडौ : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पाँच वर्षसम्म चुनाव लड्न रोक लगाइएको छ।
पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको तीन दिनपछि पाकिस्तानको निर्वाचन आयोगले पाँच वर्ष निर्वाचन लड्न नपाउने घोषणा गरेको बिबिसीले जनाएको छ। आयोगको घोषणासँगै खानलाई सांसद पदबाट बर्खास्त गरिने तयारी गरिएको छ। यद्पि खानले आफूमाथि लागेका आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्दै...









