धनगढी : अविरल वर्षाका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत कैलालीको खानीडाडास्थित सेल्फीडाँडामा पहिरो गएको हो। पहिरोले सडक पुरै भाँसिएको त्यहाँ अलपत्र परेका यात्रुहरुले बताएका छन्। ‘खानीडाँडादेखि बुढीतोला सडक पुरै चिराचिरा परेको छ। अहिले खुल्ने सम्भावना छैन’, यात्रु ललित जोशीले भने। उता प्रदेश ट्राफिक कार्यालय अत्तरियाले प्रहरी टोली उक्त स्थानमा गइरहेको...
काठमाडौं : संसदमा जारी गतिरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ। संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन्। सभामुख घिमिरेको आह्वानमा हिजो बसेको तीन दलका शीर्ष...
काठमाडौं : ललितानिवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। उनीहरुविरुद्ध हिजै पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए। अख्तियार दुरुपयोग...
काठमाडौँ : भारतको केदारनाथमा गएराति पहिरोमा परेर १६ जना नेपाली वेपत्ता भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ। वेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ। त्यसमध्य एक जनाको पहिचान खुलेको र एकजनाको पहिचान नखुलेको बताइएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आज एक विज्ञप्ति जारी गरी भनेको छ, ‘आज मन्दाकिनी नदीको किनारामा फेला परेका तीनवटा शवमध्ये दुई जना नेपाली नागरिक...
काठमाडौं : विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन्। विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ। कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरु अरु कुनै पनि सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन्। कार्यालयका अनुसार सडक डिभिजन कार्यालय...
दार्चुला । प्रहरीले गोकुलेश्वरबाट ६ किलो चरेससहित दुई जनालाई प्रहरिले पक्राउ गरेको छ । सोमबार बिहान शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ केजी १ सय ग्राम लागूऔषध चरेससहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार चरेससहित पक्राउ पर्नेमा महाकाली नगरपालिका(४ का ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन् ।
इलाका...
काठमाडौं । आज नेपाल निर्माण व्यवसायी महासंघले महासंघ कार्यालय, अनमनगरदेखि नयाँ बानेश्वरसम्म सिठ्ठी जुलुस गरेको छ।
महासंघले दोस्रो चरणको आन्दोलनको कार्यकम सार्वजनिक गरेअनुसार भुक्तानी, म्याद थप लगायतका नौ बुँदे माग राखी सेफ्टी हेल्मेट र ज्याकेट लगाइ हातमा कालोपट्टिसहित सिठ्ठी जुलुस निकालेको हो।व्यवसायीहरूले ‘सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर’,...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मघाती काम गर्न पुगिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, तर व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ । बन्धु बान्धवबाट...
काठमाडौं : नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को आज ‘ब्रेक थ्रू’ हुने भएको छ।
विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो। ‘रेस्क्यू टनेल’ को आज खनि सकिने भएको छ। आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए।साढे दुई किलोमिटर लम्बाइ...
वासिङटन : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लगाइएका मुद्दाले सन् २०२४ को राष्ट्रपति चुनावमा आफूलाई फाइदा पुर्याउने बताएका छन्।आपराधिक मुद्दामा तेस्रोपटक अदालतमा उपस्थित भएपछि शुक्रबार राति अभियोजकहरूलाई यस्तो बताएका हुन्।ट्रम्पले अलाबामामा रिपब्लिकन पार्टीको रात्रिभोजमा भने, ‘जति उनीहरूले मुद्दा दायर गर्छन्, हामीले चुनाव जित्छौँ। यो चुनाव अन्त्य गर्न हामीलाई अर्को अभियोग चाहिन्छ। अर्को एक अभियोगसँगै यो चुनाव समाप्त...










