काठमाडौँ । आज जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेश समितिका आठवटै जिल्लामा विस्तारित बैठक आह्वान गरेको छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।उनका अनुसार यही भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा आज विस्तारित बैठक राख्ने निर्णय गरेको...
काठमाडौँ । पेप्सीकोला र जडीबुटको बीचमा पर्ने छाप्रो नजिकै भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । आज बिहान जडीबुटीबाट पेप्सीकोला तर्फ जाँदै गरेको बसले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा सो घटना भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही घर भएका २८ वर्षीय राज भट्टराई रहेको उपत्यका ट्राफिक प्रहरी...
सिन्धुपाल्चोक । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत सुनकोशी गाउँपालिका– ७ स्थित ५ किलोमा कार पल्टिँदा दुई जनाको मृत्यु भएको छ । सो घटनामा परि चार जना सख्त घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव यादवकाअनुसार काठमाडौंकालागि छुटेको बा १५ च. ९३७० नम्बरको कार शनिबार राति २ बजे माथिल्लो मोडबाट तल खस्दा दुर्घटना भएको थियोे ।सवारी अन्दाजी तीन...
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा २२ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल शनिबार बेलुका ९ बजे चीन प्रस्थान गरेको हो। टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने बताइएको छ।भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ । भेटमा...
भक्तपुर । नेपाल प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशित गरि १२० जना प्रहरी नायव उपरिक्षक डीएसपीको सरुवा गरिएको जनाएको छ । जसमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग यू.एन शाखा नक्सालबाट भक्तपुरको जगाती वृत्तमा डीएसपी दिप्ती कार्कीलाई सरुवा गरिएको छ । जगातीका डीएसपी राज कुमार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा सरुवा गरिएको छ । त्यसैगरि जिल्ला प्रहरी कार्यालय...
सुर्खेत : मुख्यमन्त्री राजकुमार शर्मा स्वीजरल्याण्ड भ्रमणमा निस्किएपछि कर्णाली प्रदेशका कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मंगल शाहीले पाएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन्। मुख्यमन्त्री शर्मा स्वीजरल्याण्डको जुरिचमा अन्तरराष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा हुने लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्। बुधबारदेखि अनुपस्थित हुने...
हरेक वर्ष २० अगस्टका दिन विश्व लामखुट्टे दिवस मनाइन्छ। लामखुट्टेका कारण उत्पन्न हुने रोगबाट बच्न तथा त्यसबारे जनचेतना फैलाउन विश्व लामखुट्टे दिवस मनाइन्छ। विश्व लामखुट्टे दिवसका अवसरमा लामखुट्टेले कसलाई बढी टोक्ट भनेर डा सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले तयार पारेको आलेख यहाँ प्रस्तुत गरिएको छ: ामखुट्टेले कसलाई बढी टोक्दै छ? यो प्रश्नको सिधा सम्बन्ध लामखुट्टेबाट सर्ने संक्रमणसँग देखाउन...
तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन्। आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले यस्ता आक्रमणलाई परास्त गर्न सबै एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए। डा कोइरालाले भने, “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ।” उपनिर्वाचनमा विजयी हुन...
काठमाडौं : गाईजात्राको दोस्रो दिन काठमाडौं उपत्यकामा चहलपहल देखिएको छ। यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकैदिनदेखि सुरु भएकाले आज पनि केही स्थानमा गाईजात्रा मनाइँदैछ। राजधानीमा बिहानैदेखि मानिसलाई गाईका रुपमा सिँगारी बजार परिक्रमा गराउन सुरु गरिएको छ। विशेषगरी नेवार समुदायको बस्ती रहेका ठाउँमा गाईजात्रा पर्व भव्यरुपमा मनाउने गरिएको छ। प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन विभिन्न कार्यक्रम...
काठमाडौं : कोशी प्रदेश सरकारविरुद्धको मुद्दा आजका लागि सर्वोच्च अदालतमा हेर्न नमिल्ने भएको छ।
मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र शुष्मलता माथेमाको संयुक्त इजलासको तेस्रो नम्बरमा तोकिएको थियो। सर्वोच्चका अनुसार इजालस नं-१ को ग पेशी तोकिएको हो। मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते न्यायाधीश...









