Sunday, September 20, 2026
Home राजनीति कर्णालीका कार्यवाहक मुख्यमन्त्री बने मंगल शाही

कर्णालीका कार्यवाहक मुख्यमन्त्री बने मंगल शाही

77

सुर्खेत : मुख्यमन्त्री राजकुमार शर्मा स्वीजरल्याण्ड भ्रमणमा निस्किएपछि कर्णाली प्रदेशका कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मंगल शाहीले पाएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका हुन्। मुख्यमन्त्री शर्मा स्वीजरल्याण्डको जुरिचमा अन्तरराष्ट्रिय मानवअधिकार आयोग, अन्तर सरकार संस्थाको आयोजनामा हुने लगानी सहकार्य विषयक कार्यक्रममा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्। बुधबारदेखि अनुपस्थित हुने गरी मुख्यमन्त्रीको सचिवालयको पत्रानुसार प्रदेश प्रमुख परियारले संविधानको धारा १५५ बमोजिम मन्त्री शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन्।