सुर्खेत : कर्णालीको कृषिजन्य वस्तुलाई व्यवस्थित गरी कृषकको जीवनस्तर सुधारका लागि बनाएका शीत भण्डारहरु प्रयोगमै नआउने भएका छन्। कर्णालीका अधिकांश जिल्लामा करोडौँ खर्च गरेर बनाएका शीतभण्डारहरू विद्युतकै अभावमा सञ्चालनमा आउन सक्ने अवस्था छैन। ३३ केभी प्रशारण लाइनको विद्युत नियमित नहुँनु र शीतभण्डार सञ्चालनमा लागि प्रयाप्त ज्ञान नहुनुले निर्माण भएका दर्जन कोल्ड स्टोरहरु अलपत्र बन्दै आएका हुन। मौसमी रूपमा प्रशस्त...
काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए । -नेपाल प्रेस
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए।अस्पतालको ६४औं वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडियो सन्देशमार्फत् उनले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताए। उनका अनुसार गत असारमा सरकारले चीनबाट २०...
तनहुँ । भिमाद नगरपालिका-२ धरमपानी बस्ने गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नगरकोटीले ती किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका-२ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । अभिनेत्री नीता ढुंगानालाई पितृ शोक परेको छ । उनका बुबा सोमप्रसाद ढुंगानाको शनिबार ८० वर्षको उमेरमा निधन भएको हो । नीताले सामाजिक सञ्जालमा फेसबुकमार्फत बुबाको निधन भएको जानकारी गराएकी छन् । ‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान् । मेरो बुवाको वैकुण्ठमा बास होस् । धेरै सम्झना छ मेरो मुटु ।’ नीताले फेसबुकमा लेखेकी छन् ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बस्नेगरी बैठक बोलाइएको भए पनि समय भने तय गरिएको छैन । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा आउँदो माघमा तय भएको महाधिवेशनको तयारी र सोहीअनुसार जिम्मेवारी बाँडफाँटका सम्बन्धमा पनि छलफल हुनसक्ने बताइएको छ ।
काठमाडौं । सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ मा यात्रु बस पल्टिँदा ६ जना घाइते भएका छन् । सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस चौफारी भन्ने स्थानमा कच्ची सडकको खाल्डोमा परेर आज बिहान करिब साढे ५ बजेतिर दुर्घटना भएको थियो ।प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाल र भारतको क्रिकेट हेर्न श्रीलंका गएका छन् ।नेपाली टिमलाई समर्थन गर्न सभापति लामिछाने श्रीलंका गएको रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले जनाएका छन् ।एसिया कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले भोलि सोमबार भारतसँग खेल्दै छ । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ...
आज काठमाडौंको पेप्सीकोलामा दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।आइतबार बिहान काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका थिए। जसमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।बा प्र०२-०३७ प ५३११ नम्बरको स्कुटर पछाडि सवार सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया...










