अभिनेत्री ढुंगनालाई पितृ शोक

21

काठमाडौं । अभिनेत्री नीता ढुंगानालाई पितृ शोक परेको छ । उनका बुबा सोमप्रसाद ढुंगानाको शनिबार ८० वर्षको उमेरमा निधन भएको हो । नीताले सामाजिक सञ्जालमा फेसबुकमार्फत बुबाको निधन भएको जानकारी गराएकी छन् । ‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान् । मेरो बुवाको वैकुण्ठमा बास होस् । धेरै सम्झना छ मेरो मुटु ।’ नीताले फेसबुकमा लेखेकी छन् ।