Wednesday, April 29, 2026
Home Blog Page 268
काठमाडौं : चीनमा आयोजित एसियन गेम्समा सहभागी भएर नेपाली टिम आज स्वदेश फर्किएको छ। क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्यान्ह नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो। स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भएको बताए। उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए।...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन्। बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन्। उनले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन...
काठमाडौं । आज बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।कसरी...
धार्मीक कुरा । हरेक व्यक्ति सुखी जीवन चाहन्छ, तर कतिपय अवस्थाका कारण जीवनमा नर्क समान दुख पनि भोग्नु पर्दछ । यसका पछाडि केही दुःख र कारण सामेल रहने गर्दछ । जसले मृत्युसम्म पनि पछ्याउन सक्छ । जीवनमा जोडिएका हरेक विषयमा आचार्य चाणक्यले आफ्नो नित शास्त्रमा धेरै उपयोगी कुरा बताएका छन् । उनले सुखी जीवनका लागि के गर्ने के नगर्ने...
काठमाडौं । २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातीबाट खुल्ने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको छ।कार्तिक २१ नेपाली समय अनुसार १० बजेर ४५ मिनेटसम्म डीभि आवेदन खुल्ला हुनेछ। अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गर्दै आएको छ। डीभी भर्दा कुनै पनि...
काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको (Low Pressure Area) प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status): हाल कोशी र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली...
काठमाडौं । केही तत्त्वको निहित स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले सबै जना सचेत हुन् नेकपा एमालेका अध्यक्ष केपि ओलीले आग्रह गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्ने धारणा राखे । उनले मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने...
काठमाडौं । टाइम्स अफ इन्डियाका पूर्वोत्तर भारतीय राज्य सिकिम्ममा टिस्टा नदीमा अचानक ठूलो बाढी २३ जना भारतीय सैनिक बेपत्ता भएका छन्। लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक नदीको सतह ह्वात्तै बढेको हो। चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो। ड्याम रहेको क्षेत्रमा क्लाउड ब्रस्ट भएको बताइएको छ।https://twitter.com/i/status/1709407729746604300ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ।...
भक्तपुर । सूर्यविनायक नगरपालिकाको तर्फबाट छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागी ५० लाख देखि १ करोड सम्म सहयोग गर्ने घोषणा गरेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको उक्त आश्रम निर्माणको लागी ५० लाख देखि १ करोड वरावरको रकम सहयोग गर्न तयार रहेको नगरप्रमुख वासुदेव थापाले बताउनु भएको छ ।छोरीको घर जेष्ठ नागरिक आश्रमको लागी...
सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति गरेको छ । बाढीले केही दिनअघि मात्र मेलम्ची नगरपालिका–११ फट्टेमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको हो ।पुलमा क्षति भएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन् । वर्षा रोकिएपछि तत्काल मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले...