Tuesday, September 22, 2026
Home अन्तर्राष्ट्रिय अचानक नदीमा बाढी आउँदा २३ जना सैनिक बेपत्ता (भिडियो सहित)

अचानक नदीमा बाढी आउँदा २३ जना सैनिक बेपत्ता (भिडियो सहित)

152

काठमाडौं । टाइम्स अफ इन्डियाका पूर्वोत्तर भारतीय राज्य सिकिम्ममा टिस्टा नदीमा अचानक ठूलो बाढी २३ जना भारतीय सैनिक बेपत्ता भएका छन्। लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक नदीको सतह ह्वात्तै बढेको हो। चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो। ड्याम रहेको क्षेत्रमा क्लाउड ब्रस्ट भएको बताइएको छ।

ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ। बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुर्‍याएको छ। टिस्टामा पानीको सतह बढेका भारतका तल्लो तटीय राज्यहरू र बंगलादेशमा पनि बाढी अलर्ट जारी गरिएको छ।