Thursday, October 8, 2026
Home समाज माग पूरा नभए कार्यालय नफर्कने चेतावनी

माग पूरा नभए कार्यालय नफर्कने चेतावनी

55

काठमाडौं : आन्दोलनरत स्थानीय तहका कर्मचारीले बिहिबार वृहत् प्रदर्शन गरेका छन्। दिउँसो १२ बजे माइतीघर मण्डलामा उनीहरू माइतीघरदेखि बानेश्वरसम्म नै प्रदर्शन गरेका हुन्। प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कर्मचारी काठमाडौं आएका हुन्। सरकारले माग सुनुवाइ नगरे शुक्रबारदेखि स्थानीय तहका काम ठप्प पार्ने चेतावनी कर्मचारीले दिएका छन्। सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा आफूहरूलाई नसमेटेको विरोधमा काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन्। ऐनविहीन अवस्थामा रहेका स्थानीय तहका कर्मचारीको माग सम्बोधन हुने गरी एकीकृत संघीय निजामती ऐन ल्याउनुपर्ने उनीहरूको माग छ।