Wednesday, April 29, 2026
Home Blog Page 262
म्याग्दी : अघिल्लो वर्षका सोह्र श्राद्धको अवधिमा भ्याइनभ्याइ हुने कागबेनीका पुरोहित श्याम रिजाल यसपालि फुर्सदिला छन्। ‘पोहोर–परार साल सोह्र श्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुको पातलो उपस्थिति छ,’ उनले भने, ‘भक्तजन कम हुँदा हामीहरूलाई पनि कामको चाप छैन।’ ामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्ड...
काठमाडौं : कोशी प्रदेशमा प्रदेश प्रमुखले सरकार बनाउन दिएको समय आज साँझ ५ बजे सकिँदै छ। ४ पटकसम्म संविधानको धारा ७६ को उपधारा (२) र (३) अनुसार बनेको सरकारले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख परशुराम खापुङले उपधारा (५) अनुसारको सरकार बनाउन आह्वान गरेका थिए। जसको समय आज सकिन लागेको हो। कोशी प्रदेशमा मुख्यमन्त्रीको लागि दुईजनाले दाबी पेस गरेका...
हाम्रो परम्परागत खान्की हो दाल, भात, तरकारी र अचार । अधिकांश नेपालीको भान्सामा पाक्ने यो परिकार आफैंमा परिपूर्ण छ । अर्थात् शरीरलाई जरुरी सम्पूर्ण पोषक तत्व हाम्रो यही थालीमा पुग्दो छ ।त्यसैले घरको खाना टन्न खाएपछि हामीलाई मनग्य पुग्छ । कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन जस्ता सबै पोषक तत्व हाम्रो परम्परागत खानामा उपलब्ध छ । हाम्रो खानामा अक्सर भात,...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घरघरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताए। उनले मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनुभन्दा घरघरमै स्वास्थ्य सेवा पुर्‍याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने बताए। उनले ६०-७० लाख...
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक प्रशासनलाई स्वच्छ, मर्यादित, पारदर्शी, समावेशी र जनउत्तरदायी बनाउन लोक सेवा आयोग सफल हुने विश्वास व्यक्त गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै उनले योग्यता प्रणालीको संरक्षककारूपमा रहेको आयोगको विश्वसनीयतामा अभिवृद्धिका लागि मेहनत गर्न सुझाव दिए। नेपालको संविधानले निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त...
काठमाडौं : सांसद दामोदर पौडेल बैरागीले चाडबाडको मुखमा भएको कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले पछिल्लो समय चर्को मूल्यवृद्धि भएको भन्दै यसको पनि अनुगमन गरी कारबाही गर्न माग गरे। उनले भने,‘दशैँको मुखमा मूल्यवृद्धि आकासिएको छ,कालोबजारी बढेको छ,यसको निराकरण हुनुपर्छ।’अहिले बजारमा सबैभन्दा बढी चिनीको अभाव भएको छ।...
काठमाडौं : सङ्घीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनीका श्रम तथा सामाजिक मामिला राज्यमन्त्री लियोनी गेवर्सको उपस्थितिमा हालै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनीको रोजगारी विभागका अन्तरराष्ट्रिय मामिला निर्देशक माइकल भान डेर कामेनले नेपाली दक्ष श्रमिकलाई रोजगारी उपलब्ध गराउनेसम्बन्धी आशयपत्रमा हस्ताक्षर गरेको बर्लिनस्थित नेपाली...
काठमाडौं : पाल्पा जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलानजिकै करिब एक महिनाअघि चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन’ले अवैध रुपमा क्रसर प्लान्ट स्थापना गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन्। तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार कम्पनीले सरकारले तोकेको सुरक्षा मापदण्डलाई उल्लंघन गरी प्लान्ट सञ्चालन गरेको भन्दै तिनाउ गाउँपालिका – ३ का स्थानीयवासी चिनियाँ कम्पनीको विरोधमा उत्रिएका हुन्।आइई र...
काठमाडौं : काठमाडौं महानगरपालिकाले दुईदिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो। काठमाडौं महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्यस्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ।शिविरमा सञ्चारकर्मीहरुसँग कुरा...
काठमाडौं : सँगै काम गर्ने साथीलाई पेट्रोल छर्किएर आगो लगाइ फरार रहेका एक जना पक्राउ परेका छन्। असोज २२ गते ललितपुरस्थित ग्वार्कोको एसबी ह्याण्ड ग्राफीमा काम गर्ने सुवास विकले सँगै काम गर्ने अरुण विकलाई पेट्रोल छर्किएर आगो लगाउँदा उनीसहित ३ जना घाइते भएका थिए। उनीहरुको अहिले किर्तिपुर बर्निङ अस्पतालमा उपचार भइरहेको छ। पर्सा घर भएका सुवासले सोही ठाउँका...