Thursday, September 24, 2026
Home राजनीति कालोबजारी निराकरणमा सरकार गम्भीर बन्‍नुपर्छ : पौडेल

कालोबजारी निराकरणमा सरकार गम्भीर बन्‍नुपर्छ : पौडेल

23

काठमाडौं : सांसद दामोदर पौडेल बैरागीले चाडबाडको मुखमा भएको कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले पछिल्लो समय चर्को मूल्यवृद्धि भएको भन्दै यसको पनि अनुगमन गरी कारबाही गर्न माग गरे। उनले भने,‘दशैँको मुखमा मूल्यवृद्धि आकासिएको छ,कालोबजारी बढेको छ,यसको निराकरण हुनुपर्छ।’अहिले बजारमा सबैभन्दा बढी चिनीको अभाव भएको छ। जसकारण उपभोक्ताहरू मारमा परेका छन्।