मकवानपुर । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् । इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज बिहान ३ : ३० बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्र०३-००१ज०२८३ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।गाडी सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र...
काठमाडौं । हिजोआज मोटोपनबाट धेरै जना हैरान छन् । मोटो शरीरलाई कसरी घटाउने भन्ने चिन्ता पनि त्यत्तिकै छ । सबै जना आफ्नो फिटनेस र लुक्सको बारेमा चिन्तित देखिन्छन् । फिट र स्वस्थ रहन मानिसहरू डाइटिङ गर्छन् र जिममा गएर पसिना पनि बगाउँछन् । तौल घटाउने टिप्सलाई लिएर सामाजिक सञ्जालमा धेरै भिडियो देखिन्छन् । त्यससलाई हेरेर पनि मानिसहरू प्रेरित भइरहेका...
म्याग्दी : ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो। हृस्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने भन्ने हुन्छ। धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा बडादशैँको महानवमी पर्वको अवसरमा तत्कालीन थापा राजाका पालादेखि माल पहिचान गर्नका लागि ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ ताकमकोतमा सोमबार भएको परम्परागत ठेलो...
काठमाडौं : नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार आज बिहान ८.३० बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि...
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरूको मुद्वाको सुनुवाई दशैपछि मात्रै हुने भएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा गत बिहीबार अर्थात असोज २५ गते पनि बहस हुन पाएन। उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेशविरुद्ध विचाराधीन मुद्दामा बिहीबार उच्चले अन्य आदेश...
काठमाडौं : आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको...
काठमाडौं : व्यापारीले ३० प्रतिशत कमिसन मागेपछि वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनले आफ्नो आत्मकथा पुस्तक आफैले बेच्न सडकमा निस्किएका छन्। उनले अहिले विभिन्न ठाउँमा बसेर विज्ञापन गर्दै किताब बेचिरहेका छन्। उनलाई थुप्रै युवाहरूले साथ दिएका छन्। उनले राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको उक्त पुस्तक बिरगञ्जको कृषि औजार केन्द्र कारखाना सञ्चालन गर्न सहयोगार्थ भन्दै किताब किनेर सहयोग गर्न अपिल...
रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा एकै दिन दुई जना प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको छ। राजनितिको अखडा बन्दै गएका ती पालिकामा बिहीबार दुई जना प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको हो। दुई जना प्रशासकीय अधिकृत हाजिर भएपछि एउटै पार्टी (एकिकृत समाजवादी) पार्टीबाट निर्वाचित भएका मेयर र उपमेयरबीच विवाद चुलिएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते रौतहटको...
काठमाडौं : दशैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ। चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो। तीमध्ये दुई जना ट्रकका चालक भए पनि दुई जना भने दशैँका यात्रु बोक्ने बसका चालक रहेका छन्। विशेष जाँच अभियानका क्रममा...
काठमाडौं : नेकपा एमालेले बडादशैं, तिहार र छठपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ। चियापान कार्यक्रम यही असोज १४ गते पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार चियापानको आयोजना गर्न लागिएको एमालेले जनाएको छ। चियापानमा दलहरुका शीर्ष नेता र एमाले कार्यकर्ता सहभागी हुनेछन्।










