Monday, October 5, 2026
Home राजनीति एमालेले बडादशैं, तिहार र छठपर्वका अवसरमा चियापान कार्यक्रम गर्ने

एमालेले बडादशैं, तिहार र छठपर्वका अवसरमा चियापान कार्यक्रम गर्ने

41

काठमाडौं : नेकपा एमालेले बडादशैं, तिहार र छठपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ। चियापान कार्यक्रम यही असोज १४ गते पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरिने छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार चियापानको आयोजना गर्न लागिएको एमालेले जनाएको छ। चियापानमा दलहरुका शीर्ष नेता र एमाले कार्यकर्ता सहभागी हुनेछन्।