काठमाडौं : एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाललाई भुटानलाई ८ विकेटले पराजित गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा आज बिहान भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हराएको हो। ६६ रनको विजयी लक्ष्य नेपालले ११औं ओभरमा पूरा गर्यो। नेपालका लागि सिता रानामगरले सर्वाधिक ३२ रन बनाएर नटआउट रहिन् भने रुबिना क्षत्री बेलबासे १७ रनमा अविजित रहिन्। ओपनर कविता कुँवर पाँच...
भक्तपुर । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-१० पलासेमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा२ख ९४५४ नम्बरको बसले विपरीत दिशातिर जाँदै गरेको बा ७८ प ३१५५ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिएको हो ।बसको ठक्करपछि सख्त घाइते भएका मोटरसाइकल चालक काभ्रेको धुलिखेल नगरपालिका-७ बाँसघारीका ५४ वर्षीय मुकुन्दप्रसाद तिमिल्सिनाको मध्यपुर अस्पतालमा शनिबार राति नै मृत्यु...
मौसम विश्लेषण (Meteorological Analysis) हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status):
देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
२०८० माघ २८ गते (आइतबार)
दिउँसो: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती...
पर्सा । वीरगञ्ज मेयर राजेशमान सिंहमाथि छानविन सुरु भएको छ । नक्कली बुवा बनेर रुविना श्रेष्ठ नामकी यूवतीलाई नागरिकता बनाइदिएको विषयमा शनिवार जिल्ला प्रशासन कार्यालय पर्सामा बोलाएर मेयर सिंहसँग गृह मन्त्रालयको टोलीले वयान लिएको हो । वयानमा मेयर सिंहले आफ्नी दुईवटा श्रीमती भएको र रुविना श्रेष्ठ आफ्नै छोरी भएको स्वीकार गरेका हुन् । उनले रुविना कान्छी श्रीमती रिता भट्टराईबाट...
काठमाडौं । आज आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । प्रवक्ता सापकोटाका अनुसार बैठक आइतबार र सोमबार दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने...
यदि तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए)का लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ।यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ।अखिल भारतीय आयुर्विज्ञान संस्थानका न्यूरोलोजी विभागका प्रमुख डा. कामेश्वर प्रसादले नेतृत्व गरेको यो अनुसन्धान ७,५०५ जना...
काठमाडौं । काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो। काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्कृय पार्छ। यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन्। यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ।काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन...
खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ :– अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।– पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।– मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले...
-हिन्दु धर्मअनुसार शनिबारलाई विशेष गरी भगवान् शनिको दिन मानिन्छ । आजको दिन शास्त्रअनुसार केही काम गर्न निषेध पनि गरिएको छ । हुन त पछिल्लो समय यस्ता कुरालाई ध्यान दिइँदैन तर परम्परागत रूपमा आएको चलनअनुसार शनिबार जुत्ताचप्पल किन्न हुँदैन । शनिबार जुत्ताचप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।कुनै व्यक्तिको कुण्डलीमा शनि दोष छ भने त्यस्ता व्यक्तिले शनिवारको...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।
जसअनुसार.....मौसम विश्लेषण (Meteorological Analysis):हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status):देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।२०८० माघ २७...









