भक्तपुर । भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-१० पलासेमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा२ख ९४५४ नम्बरको बसले विपरीत दिशातिर जाँदै गरेको बा ७८ प ३१५५ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिएको हो ।
बसको ठक्करपछि सख्त घाइते भएका मोटरसाइकल चालक काभ्रेको धुलिखेल नगरपालिका-७ बाँसघारीका ५४ वर्षीय मुकुन्दप्रसाद तिमिल्सिनाको मध्यपुर अस्पतालमा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले बससहित चालक दोलखा भीमेश्वर नगरपालिका-७ घर भई काभ्रे बस्ने ३५ वर्षीय देहेन्द्रसिंह बस्नेतलाई नियन्त्रणमा लिएको छ ।