भक्तपुर । दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता २०८० मा वडा नं. ५ र ६ ले गोलरहित बराबरी खेलेको छ । सानोथिमिस्थित खेल मैदानमा जारी लिगमा बुधवार सम्पन्न खेलमा दुवै टीमले गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको हो ।
दुवै टोलीले केही अवसर पाएपनि गोल गर्न नसक्दा अंक बाँडेका हुन । खेलमा वडा नं. ५ ले वडा नं....
काठमाडौं । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ ।मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग...
चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा दशजनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज बिहान सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको पहिचान भइसकेको छैन ।लुम्बिनी...
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नले उपचार पाउने क्रम बढेको दाबी गरेका छन्। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अबका दिनमा कोही पनि नेपाली पैसा नभएकै कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपालीलाई मर्न नदिने प्रतिबद्धता व्यक्त गरे। उनले संविधानमा...
पर्वत : काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह नआउने बेलासम्म विद्यालयमा ‘बुक फ्रि डे’ को अवधारणाबारे खासै सुनिएको थिएन। सामान्यतः शुक्रबारको दिनमा अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता लेखन प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता लगायत हुने गरेका थिए। जिल्लाका केही विद्यालयहरूको पछिल्लो ‘ट्रेन्ड’ लाई हेर्दा प्रयोगात्मक रूपमा गरिने जीवनोपयोगी सीपले शुक्रबारका दिनमा आयोजना हुने अतिरिक्त क्रियाकलाईपहरुलाई विस्थापित गर्दै...
भक्तपुर : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले सरकारले आगामी आर्थिक वर्षबाट राज्यको १६औँ योजनामा खेलकुदलाई समावेश गर्ने तयारी गरेको बताएका छन्। आज नेपाल सितेरियो सोबुकान कराते डो सङ्घअन्तर्गत मध्यपुर कराते एकेडेमीको चौथो वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उनले सरकारले बजेटसहित १६औँ योजनामा खेलकुदलाई समावेश गर्ने तयारी गरेको बताएका हुन्। उनले भने,‘जबसम्म विद्यालय तहमा खेलकुदलाई अनिवार्य गरिँदैन तबसम्म...
काठमाडौं : पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौं उपत्यकासहित देशभर बदली भएको छ । बुधबार बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको छ। जलवायु विज्ञ धर्मराज उप्रेतीका अनुसार पश्चिम वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टिसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको छ। सुदूरपश्चिका पहाड र तराई, कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ ।...
काठमाडौं : नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियाको बांगीमा बुधबार भएको क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो। कुवेतले दिएको ५० रनको संशोधित लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७३ रन बनाएको थियो। वर्षाका कारण खेल प्रभावित...
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सचिवालयले शुक्रबार अपराह्नतिर सञ्चारकर्मीहरूलाई एकैपटक दुइटा सूचना पठाएको थियो।त्यसमध्ये पहिलो थियो, कोशीका 'पहिचानवादी' सँगको वार्ता 'सफल भएको'।अर्को थियो, आजै मन्त्रिपरिषद विस्तार हुनेबारेको सूचना। कोशी नाम खारेजीको माग गर्दै झन्डै ११ महिनादेखि प्रदेशमा आन्दोलनरत 'प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति' सँगको वार्ता सफल भएको घटनालाई मुख्यमन्त्री कार्यालयले आफ्नो ठूलो उपलब्धि भएको बताएको छ।...
पश्चिम नवलपरासीमा हजुरबुवा र नाति मृत फेला परेका छन्। मंगलबार बिहान ५:५५ बजे सुस्ता गाउँपालिका वडा नम्बर ३ मर्चहवा बस्ने हजुरबुवा र नाति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए। ६५ वर्षीय यक्षलाल चमार उनका ११ वर्षीय नाति गौचरण घरदेखि अन्दाजी ५०० मिटर दक्षिणमा मृत फेला परेका हुन्। उनीहरू छाप्रो बाहिर उत्तानो परेको अवस्थामा अन्दाजी...










