Home Blog Page 202
काठमाडौं : भ्लामिदिर पुटिन पाँचौपटक रुसी राष्ट्रपति निर्वाचित भएका छन्। तीन दिन चलेको मतदानपछि गएराति शुरु भएको गणनामा पुटिन पाँचौ पटक राष्ट्रपति पदमा निर्वाचित भएको रुसी समाचार संस्थाले जनाएका छन्। राष्ट्रपति पदको मतदान सकिएको केही घण्टामै पुटिनले आफूले भारी बहुमतले जित हासिल गरेको भन्दै मतदातालाई धन्यवाद दिएका थिए। उनले रुसी लोकतन्त्र अमेरिका लगायत पश्चिमा देशहरुको भन्दा उन्नत रहेको समेत...
इलाम : आगामी वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवारको आकांक्षा राखेका ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। आकांक्षबीच सहमति हुन नसकेपछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको एमालेले जनाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले पार्टी जिल्ला उपसचिव रवीन्द्र सुवेदी, क्षेत्र नं–२ संयोजक बुद्धिप्रसाद खनाल, सुहाङ नेम्बाङ, नरेन्द्रनाथ भट्टराई,...
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो। घटनास्थलमा सवारी धनी एवं चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको शव भेटिएको अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए। जिल्ला प्रहरी...
काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनी रुपैयाँ लिएको भन्दै यस प्रकरणमा छानविन हुनुपर्ने बताएका हुन्। उनले लामिछानेले आफूले पैसा लिएको छैन र आफू...
काठमाडौं : सुन तस्करी प्रकरणमा रुपन्देहीमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई विमानबाट काठमाडौं ल्याइएको छ। उनलाई काठमाडौंमा प्रहरीको सिआइवी कार्यालयमा पुर्‍याइएको हो। उनलाई काठमाडौं ल्याउने क्रममा उनले माक्स र क्याप केही लगाएका थिएनन् बरु चस्मा लगाएर निहुरिएर हिँडेको अवस्था देख्न सकिन्थ्यो। प्राय नेताहरू पक्राउ परेका अवस्थामा उनीहरूको फेस र अवस्थाबारे पनि आम चासो रहन्छ। तत्कालीन भुटानी...
काठमाडौं । सुकृति पौडेल भुसालले आफ्नो जीवनमा कथित धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसाललले खेलबाड गरेको र जबरजस्ती डिभोर्स गर्नको लागि दबाब दिएको भन्दै न्याय मागेकी छिन् । पति शीतलकृष्ण भनेर यतिवेला भारतमा लुकेर बसेको पनि पीडित सुकृतिको दाबी छ ।आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई पतिले पटक पटक हिंसा गरेको पनि आरोप...
हेमराज ढकाल  भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायकमा रहेको नेपाली सेनाको इन्द्र बक्स गणमा भूतपूर्व सैनिक सम्मेलन २०८० सम्पन्न भएको छ । आइतबार नेपाली सेनाका कार्यरथी, उपरथी दीपक कुमार बानियाँको प्रमुख आतिथ्यता सम्मेलन सम्पन्न भएको हो । उक्त कार्यक्रममा विविध सांस्कृतिक नृत्य, गीत प्रस्तुति गरिएको थियो ।शारिरिक रुपमा अपाङ्ग तथा अशक्त रहेका सेनाका अवकाश प्राप्त तथा परिवारका सदस्य तीन जनालाई...
विराटनगर : पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट ५० वर्षीय प्रेमबहादुर चौहानको मृत्यु भएको छ। साइकलमा जाँदै गरेको पथरीशनिश्चरे नगरपालिका– १० का चौहानलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले पथरीशनिश्चरे– १ स्थित पश्चिम बस स्ट्यान्डमा साइकल यात्रीलाई ठक्कर दिएको हो। ाइते चौहानलाई तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल...
काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुति देखाइरहेको आरोप लगाए। उनले कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले...
काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले केही विद्यालयमा भर्ना गर्न वा छात्रवृत्ति पाउन आफ्नो नाम लिएर बार्गेनिङ गर्न आएको खबर पाए तत्काल कारबाही गर्ने बताएकी छिन्। उनले सामाजिक सञ्जालबाट त्यसरी नाम लिएर बार्गेनिङ गर्न आए प्रमाणसहित खबर गर्न भनेकी छिन्। उनले शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा आफ्नो नाम लिएर वा पार्टी, कर्मचारीमार्फत वा कुनै पनि साइनो लाएर कुनै...