Friday, October 2, 2026
Home समाचार मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

45
सांकेतिक तस्विर

विराटनगर : पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरेमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट ५० वर्षीय प्रेमबहादुर चौहानको मृत्यु भएको छ। साइकलमा जाँदै गरेको पथरीशनिश्चरे नगरपालिका– १० का चौहानलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले पथरीशनिश्चरे– १ स्थित पश्चिम बस स्ट्यान्डमा साइकल यात्रीलाई ठक्कर दिएको हो। ाइते चौहानलाई तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चालकको साथमा सवारी चालक अनुमति पत्र नभएको प्रहरीले जनाएको छ।