असार ३,
काठमाडौं । प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सरकारलाई सभामुख कृष्णबहादुर महराले रुलिङ गरेका छन् । आइतबार छलफल भइरहेका मन्त्रालयका कुनै पनि विभागिय मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित गर्नुपरेको थियो । मन्त्रीको अनुपस्थितिका कारण आइतबारको बैठक १५ मिनेट स्थगित भएपछि सभामुखले प्रतिनिधिसभा सञ्चालन नियमावलीले गरेको व्यवस्था अनुसार बैठकमा उपस्थित हुन सरकारलाई रुलिङ गरेका हुन् ।...
असार ३,
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा विद्युत अभाव हुन नदिने घोषणा गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहेजति नै विद्युत उपलब्ध गराउने घोषणा गरेका हुन् ।उनले विशेष आर्थिक क्षेत्रमा विद्युतको अभाव रहेको नभन्न पनि सम्बन्धित निकायसँग आग्रह गरे ।विशेष आर्थिक क्षेत्र प्राधिकरणले आईतबार काठमाडौंमा आयोजना गरेको...
असार ३,
काठमाडौं । संघीय संसद्को संयुक्त बैठक आइतबार बस्दै छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ४ बजे संयुक्त बैठक आह्वान गरेकी हुन् । संयुक्त कार्यसञ्चालन नियमावली पारित गर्न बैठक बोलाइएको हो ।गत सोमबार संयुक्त बैठक बोलाइए पनि स्थगित भएको थियो । संयुक्त बैठक कसले आह्वान गर्ने भन्ने कानुनी प्रावधान नभएकाले राष्ट्रपतिमार्फत बैठक बोलाउन आग्रह भएको प्रतिनिधिसभा सचिव गोपालनाथ...
असार ३,
झापा । दूध बिक्न छाडेपछि झापा शरणामतीका सयौँ किसानले दूध सडकमा पोखेर विरोध जनाएका छन् । शनिबार नेपाल बहुद्देश्यीय सहकारी संस्थाको दूध संकलन तथा चिस्यान केन्द्रको अगाडि सडकमा सयौँ लिटर दूध पोखेर किसानले विरोध जनाएका हुन् । लाखौँ रुपैयाँ ऋण लिएर पशुपालन गरी दूध उत्पादन गर्न थालेका किसान दूध बिक्न छाडेपछि निराश बनेका छन् । दूध उत्पादन गर्न...
असार ३,
काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न गृहमन्त्रालयले बनाएको विशेष समितिको म्याद फेरि थपिएको छ। समितिको म्याद एक महिना थप भएको हो। गृहमन्त्री रामबहादुर थापाले सनम शाक्य हत्या प्रकरण र गायव भएको तस्करीको सुनको अनुसन्धान गर्नका लागि विशेष समिति बनाएका थिए। गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा सरकारले उक्त विशेष समिति गठन गरेको थियो।...
असार ३,
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संञ्चालन नियमावली ५६ को व्यवस्था अनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको व्यवस्था तत्काल लागु गर्न संसदको ध्यानाकर्षण गराएको छ। आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयपछि सभामुख कृष्णबहादुर महरा कार्यसूचीमा प्रवेश गर्दै गर्दा कांग्रेसका सांसद मिनेन्द्र रिजालले नियमापत्ति गर्दै कार्यसञ्चालन नियमावलीको ५६ को व्यवस्थालाई कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन्। नियमावलीको ५६ को व्यवस्थामा “प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका...
असार ३,
बर्दिवास । प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरीमा सर्पदंशको घटना ह्वात्तै बढेको छ। गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुलामा रहेका सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले बताएको छ। जेठ महिनामा मात्र उपचार केन्द्रमा २० महिलासहित ४२ सर्पदंशका बिरामीको उपचार गरिएको छ। तीमध्ये अन्यत्र उपचारका लागि सिफारिस...
असार ३,
फिफा विश्व कप–२०१८ मा आइतबार राति रोमान्चक भिडन्तले रुसको मौसमलाई केही तताउने छ । २०१४ को सेमिफाइनलमा घरेलु मैदानमै जर्मनीसँग ७–१ को लज्जास्पद पराजयको तीतो भुलाउनसमेत यसपटक ब्राजिलले विश्व कप ट्रफी चुम्नैपर्ने अवस्था छ । सन् १९३४ को विश्व कपमा आफ्नो पहिलो खेलमा स्पेनसँग हारेपछि ब्राजिलले ८४ वर्ष यता कहिल्यै पहिलो खेल हार्नु परेको छैन ।...
असार २,
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङ्गमा खानेपानीको समस्या समाधन गर्ने उद्देश्यले डिप बोरिङ्ग कार्य गरिएको छ । सिमचौर भिमसेन डाडा स्थानबाट पानी निकालिएको हो । जसबाट साबिक छालिङ ३, ४, ५ र ६ वडाका करिब ४ सय ५० घरधुरी लाभावन्वित हुने छन् । नगरपालिकाले खानेपानी समस्या समाधानको लागि २० लाख रुपैयाँ विनियोजन गरेको उक्त रकमको...
असार २,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटका बारेमा जथाभावी अभिव्यक्ति नदिन सांसदहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिए ।नेकपाको संसदीय दलको आज प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै...






