साउन २३,
हेटौँडा । मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ । बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताए । हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट...
अहिले लामखुट्टेको मौसम हो । फोहोर, गर्मी या अन्य कारणले लामखुट्टे आउने गर्छ र मानिसलाई टोक्ने गर्छ । जसबाट मानिसलाई कालाजार, मलेरिया, डेंगुजस्ता कैयौँ रोग लाग्न सक्छ । कतिपय मानिसलाई भने लामखुट्टेले बढी टोक्ने गर्छ ।डार्क कलरको कपडा लगाएपछि
सामान्यतया लामखुट्टेले जस्तो मानिसलाई पनि आफ्नो सिकार बनाउँछ । तर, वैज्ञानिकहरूका आनुसार लामखुट्टेको दृष्टि क्षमता निकै तिख्खर हुन्छ । जब तपाईं...
नयाँ पत्रिका दैनिक- साउन ३२,
ललितपुर । आपसी लेनदेनको विषयले निजी विद्यालयका सञ्चालक फुट्दा ललितपुर चाल्सीखेलमा रहेको ज्ञानकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थी खोसाखोस भएको छ । यसले माध्यमिक शिक्षा परीक्षा ९एसइई०को तयारीमा रहेका विद्यार्थी प्रत्यक्ष मारमा परेका छन् । स्कुलका बहुमत सञ्चालकले तत्कालीन प्रिन्सिपल शिव कार्कीलाई सञ्चालक र प्रिन्सिपल पदबाट निलम्बन गरेपछि कार्कीले झन्डै ५० भन्दा बढी विद्यार्थी अर्को विद्यालयमा लगेका छन् ।...
Chitwan, Aug 8 (RSS): At least four people breathed their last and other 17 injured in a road crash that occurred at Ratnanagar municipality last night.
The accident took place when a Narayangadh-bound loaded truck (Na 5 Kha 5941) from east and a commuter bus (Na 5 Kha 1749) belonging to Makalu Transport en route to Kakadbhitta from Kathmandu...
साउन २३,
विराटनगर । सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर आज एक बालिकाको मृत्यु भएको छ भने मृतककी भाइ बेपत्ता भएका छन् । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार रामधुनी नगरपालिका–३ का दिनेश खड्काको ११ वर्षीया छोरी सृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का बिहान भाडा माझ्ने क्रममा चिप्लिएर खोलामा खस्दा बगाएर बेपत्ता भएका थिए...
साउन २३,
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा स्थानीयवासीको पहलमा विद्यालय भवन पुनःनिर्माण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण बनेको मुक्तिमार्ग मावि यहाँका बासिन्दाले रु ५० लाख सहयोग जुटाएर पुनःनिर्माण गरेका हुन् । उक्त भवन पुनःनिर्माण गर्न एउटै परिवारले रु ३० लाख सहयोग गरेको छ । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामबहादुर खड्काका अनुसार १२ कोठे...
साउन २३,
चितवन । गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा सत्रजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक...
साउन २२,
काठमाडौ । नायिका सुनिता दुलालको नयाँ तीज गीत सार्वजनिक भएको छ । लोकप्रीय गायिका दुलालले यो वर्ष तीज भनेकै नाच्न गाउन हो बोलको गीत सार्वजनिक गरकी छिन् । दुलालको स्वर रहेको यस गीतको रचना रमेश बिसीको र संगित बिबि अनुरागीको रहेको छ । गीतको अडियो भिडियो कमलादेकि डिजिटले निर्माण गरेको हो ।
भिडियो हेर्नुहोस्
https://www.youtube.com/watch?v=k-43TSzx2P8
साउन २२,
दाङ । दंगीशरण गाउँपालिका–७ बागरका ३३ वर्षीया झुपीकुमारी पुनको करेन्ट लागेर मृत्यु भएको छ । घरमा पानी तान्ने मोटर जोड्ने क्रममा आज दिँउसो करेन्ट लागेर गम्भीर घाइते भएकी पुनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
साउन २२,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलबा बस्ने भनिएको सचिवालय बैठक पार्टी अध्यक्ष प्रचण्ड समयमा काठमाडौं आउन नसकेपछि स्थगित भएको हो । अध्यक्ष प्रचण्ड पर्सा जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागि भएपछि समयमै काठमाडौं आउन नसकेका कारण सचिवालय बैठक स्थगित भएको नेकपाका एक नेताले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिवारे...








