पूर्व राजदूत झाको हत्याबारे छानबिनको माग

99

भदौं ५,
काठमाडौँ । नेपालको परराष्ट्र सेवाका पूर्वराजदूतहरुको संस्थाले तीन दशकभन्दा बढी परराष्ट्र सेवामा योगदान गरी फ्रान्सका लागि नेपालको राजदूत भइसक्नुभएका सङ्घका संस्थापक सदस्य केशवराज झाको सोमबार भएको हत्याको छानबिनको माग गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बेग्लाबेग्लै पत्र लेखेर पूर्वराजदूत झाको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कानूनबमोजिम सजाय गर्न माग गरेको सो संस्थाले जनाएको छ । दिवङ्गत झाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै संस्थाले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।