भदौं १४,
काठमाडौ । बैकको लकरमा राखेको ७ किलो सुन गायव बनाउने सिटिजन बैकका कर्मचारी सहित ५ जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । सिटिजन बैक इन्टरनेशन लिमिटेड न्युरोड शाखामा रहेको लकरमा राखेको सुन एकाएक गायव भएपछि बैक प्रशासनले प्रहरीलाई खवर गरेको थियो ।
बैकमा राखेको सुन गायव बनाउने कामका बैकका कर्मचारी र सुन धरौटी राखेर...
भदौं १४,
काठमाडौं । नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले विधानमा गरिनुपर्ने संशोधन र परिमार्जनका लागि संस्थागत सुझाव पठाउन आग्रह गरेको छ । विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिएअनुसार पार्टी निकट सबै भ्रातृ एवं शुभेच्छुक संघसंस्था र विदेशस्थित सबै जनसम्पर्क समितिबाट यही भदौ २१ गतेभित्र केन्द्रमा प्राप्त हुने गरी संस्थागत राय सुझाव पठाउनका लागि अनुरोध गर्ने...
भदौं १४,
धर्म । धेरै मानिसहरु भाग्य रेखामा कत्तिको विश्वास गर्दछन् । के तपाईलाई थाहा छ मानिसको हत्केलामा हुने भाग्य रेखाले जीवनका कति कुराको निर्धारण गर्दछ ? जीवनमा सफलता र असफलता भाग्य रेखा अनुसार मिल्ने ज्योतीसशास्त्रहरु बताउने गर्दछन् । त्यस्तै हाम्रो हातमा हुने भाग्य रेखाले सफलता र असफता निर्धारण गर्ने पनि बताउँछन् । जस्तै मानिसको हत्केलामा हुने भाग्य रेखाले...
भदौं १४,
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । हरेक वडा कार्यालयका लागि प्रशासनिक खर्चवापत छुट्याइएको रु ५ लाख बजेटबाटै इ–हाजिरी र इन्टरनेट जडान गर्न निर्देशन दिइएको उहाँले...
भदौं १४,
काठमाडौँ । तमु समाज, बेल्जियमले नेपालमा अध्यनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले ‘बार्बक्यु’ कार्यक्रम आयोजना गरेको छ । आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नसकेका विद्यार्थीलाई पढाइ खर्च उपलब्ध गराउने उद्देश्यले बेल्जियमको ल्युभेनमा शनिबार सो कार्यक्रमम आयोजना गरिएको समाजका महासचिव सूर्यबहादुर गुरुङले राससलाई जानकारी दिनुभयो । ब्रसेल्सस्थित नेपाली दूतावासका प्रतिनिधि सुधिर भट्टराईले सबै नेपालीलाई...
भदौ १३,
काठमाडौँ । सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलिरहेका छन् । केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान ११ बजेसम्मको अभिलेखअनुसार उनले ५३ घण्टा बोली सक्नुभएको अभियानको संयोजन गरिरहेका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए ।अध्यात्मको खोजबाट मनोशक्तिको...
भदौ १३,
सिन्धुलीपाल्चोक । दुई प्रेमी मेलम्च नगरपालिका सिन्धुकोटको जंगलमा आत्महत्या गरेका छन् । जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ बर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ बर्षीया फुलमाया तामाङ कटुसको रुखमा एउटै डोरीमा भुन्डिएको अवस्थामा आईतबार फेला परेका हुन् । ७ महिनाअघि जाजरकोटबाट मेलम्ची नगरपालिकाको मानेभञ्ज्यामा आवास निर्माणका लागि आएका ठकुरीसहित साउन ७ गते तालामाराङ गाउँका दुइ...
भदौ
पर्सा । १२ बोरको हतियार त्यसमा लाग्ने ५ वटा एलजी बुलेट गोली र ६० केजी गाँजासहित फरक–फरक ठाउँबाट पर्सा प्रहरीले २ भारतीयलाई पक्राउ गरेको छ। भारतमा घर भई नेपालमा अवैध गतिविधिमा संलग्न रहेका दुवैलाई पर्सा प्रहरीले फरक( फरक ठाउँबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण हरैया गाउँपञ्चायत घर भएका रोशनकुमार कोइरी र भारतको पूर्वी...
भदौ १२,
भक्तपुर । एकवर्ष अगाडीदेखि प्रकाशित हुदै आएको डोलेश्वर दैनिकले यो वर्षदेखि प्रदान गर्ने 'डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार' मंगलबार वितरण गरेको छ । 'डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार'बाट नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई सम्मान गरिएको हो । भक्तपुरबाट प्रकाशित हुदै आएको डोलेश्वर दैनिकको प्रथम वार्षिकोत्सव एवं ईडोलेश्वर डट कम अनलाईन संस्करणको शुभारम्भ कार्यक्रममासंघीय मामिला तथा सामान्य प्रशासन...
भदौं ११,
पोखरा । बेपत्ता भएकी एक किशोरी आज फेवातालमा मृत अवस्थामा फेला परेकी छिन् । पोखराको पुम्दी भुम्दीस्थित शान्ति स्तूप नजिक कोदी बस्ने १८ वर्षीया सुस्मीता लामिछाने मृत अवस्थामा फेला परेकी हुन् । ड्यामसाइडस्थित फेवातालको किनारमा उनको झोला र मोबाइल भेटिएपछि प्रहरीको उद्धार टोलीले फेवातालमा खोजबिन गर्दा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र गुरुङले...



