Sunday, September 20, 2026
Home समाचार ‘डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार’ अध्यक्ष बुढाथोकीलाई

‘डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार’ अध्यक्ष बुढाथोकीलाई

143

भदौ १२,
भक्तपुर । एकवर्ष अगाडीदेखि प्रकाशित हुदै आएको डोलेश्वर दैनिकले यो वर्षदेखि प्रदान गर्ने ‘डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार’ मंगलबार वितरण गरेको छ । ‘डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार’बाट नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई सम्मान गरिएको हो । भक्तपुरबाट प्रकाशित हुदै आएको डोलेश्वर दैनिकको प्रथम वार्षिकोत्सव एवं ईडोलेश्वर डट कम अनलाईन संस्करणको शुभारम्भ कार्यक्रममासंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नगद रु. ११ हजार १११ राशीको डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार सम्मान नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष बुढाथोकीलाई प्रदान गरे । उक्त कार्यक्रममा राससका पत्रकार रमेश गिरी, आनका कार्यकारी सदस्य रोशन प्रसाई, समाजसेवी विजय धौभडेललाई सम्मान गरिएको छ । डोलेश्वर दैनिक प्रदानसम्पादक पेशल आचार्यले वर्षमा एकजना पत्रकारलाई उक्त पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।