भदौ ३१,
काठमाडौं । ‘चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिट सँगै’ भन्ने नारा सहित एन आई सी एशिया बैंकले नेपालीहरुको महान चाड दशै तिहार, छठको शुभ उपलक्ष्यमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरेको छ ।
रेमिट रकम ग्राहकहरुले यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा...
भदौ ३१,
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको रिहाईका लागि सर्वोच्च अदालतमा पाँचौपटक रिट दायर भएको छ । प्रकाण्डका भाई वीरेन्द्र विकले आइतबार पाचौंपटक उनलाई गैरन्यायिक हिरासतमा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । निवेदनको पेशी भोलीका लागि तोकिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले रातोपाटीलाई जानकारी दिए ।प्रकाण्डका...
भदौं ३१,
काठमाडौँ । नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवतीलाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्यचौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ । गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम सञ्चालनअन्तर्गत सो व्यवस्था गरिएको हो । कार्यक्रमअन्तर्गत पहिलो पटक गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो । चार पटक गर्भजाँच गराउनेलाई शुरुको गर्भजाँचको समयमा...
भदौ ३१,
सुर्खेत । घरेलु मदिरामा मानिसले प्रयोग गरेर फालिसकेका वस्तु मिसाउने गरेका छन् । प्रहरीले घरेलु मदिरामा कुहिएको मोजा र महिलाले लगाउने भित्री वस्त्रहरु प्रयोग गरिएको फेला पारेको छ । लामो समयसम्म प्रयोग भएका त्यस्ता वस्तुले मदिरालाई कडा बनाउने भन्दै प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ । चाडपर्व नजिकिँदै गर्दा अवैध मदिराको विक्री बढेको...
भदौ ३०,
काठमाडौं । सत्तारूढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल चीन प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चारदिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन्। चीन प्रस्थान गर्नुअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ गराउने विषयमा केन्द्रित हुने बताए। अध्यक्ष दाहालले दुई देशका सरकारबीच भएको पछिल्ला सहमति...
भदौ ३०,
काठमाडौं । बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आएका छन्। बलिउड सुपरस्टार गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन्। उनको नेपाल बसाई ३ दिनको हुनेछ। बलिउड सुपरस्टार गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिए। नेपाल बसाइका क्रममा...
भदौ ३०,
काठमाडौं । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५३ को उपदफा १ बमोजिम साना दलका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले आफ्नो चलअचलसहितको सम्पत्ति विवरण सार्वजनिक गरे पनि प्रमुख एवं राष्ट्रिय चार राजनीतिक दलले अटेर गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यले अहिलेसम्म...
भदौ ३०,
कलैया । बारा जिल्लामा यस वर्ष समय–समयमा पानी परेको कारण धानबाली राम्रो भएको भए पनि समयमा युरिया मल अभाव भएको हुँदा किसान निकै चिन्तित भएका छन् । वर्षे धानखेतीमा प्रतिहेक्टर १९१ किलोको दरले एक करोड ४६ लाख ६०० किलो युरिया आवश्यकता पर्ने भए पनि सो परिपूर्ति हुनसकेको छैन । किसानको आवश्यकताअनुसारको युरिया मल परिपूर्तिका लागि पहल भइरहेको र...
भदौ ३०,
काठमाडौं । अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना प्रधानमन्त्रीको छ । सफ्टवेयर असोजको पहिलो साता सञ्चालनमा आएपछि प्रधानमन्त्री...
भदौ ३०,
कञ्चनपुर । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागको छ । हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्षमा एक हजार ४८० बलात्कारका उजुरी...



