Saturday, October 17, 2026
Home मनोरन्जन बलिउड सुपरस्टार गोविन्दा काठमाडौंमा

बलिउड सुपरस्टार गोविन्दा काठमाडौंमा

205

भदौ ३०,
काठमाडौं । बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आएका छन्। बलिउड सुपरस्टार गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन्। उनको नेपाल बसाई ३ दिनको हुनेछ। बलिउड सुपरस्टार गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिए। नेपाल बसाइका क्रममा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरि हिल्स पुग्ने आफ्नो योजना रहेको पनि उनले सुनाए। बलिउड सुपरस्टार गोविन्दाले नेपाल बसाइका क्रममा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय कलाकारहरुसँगको सामूहिक भेटमा गोविन्दालाई ‘ज्वाइँ’ भन्दै सम्बोधन गरका थिए। गोविन्दाकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन्। यसअघि बलिउड सुपरस्टार गोविन्द अभिनेत्री मनीषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए। आफ्नो गज्जवको डान्स स्टाइल र कमेडीका माध्यमबाट दर्शकको मनमा राज गरेका गोविन्दा बलिउडका चर्चित अभिनेता हुन्।