असोज २९,
सिरहा । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ । चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो । लड्ेर गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको...
असोज २९,
पर्वत । पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीयस्थल भमरकोटमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रतिनिधिसभाका सांसद पदम गिरीसम्म बास बस्ने गरी पुग्नुभयो । भर्खर पदयात्रा मार्गका रुपमा विकास गर्न लागिएको भमरकोटमा देउपुरदेखि पैदल हिँडेर चिसो र झरीमा रुझ्दै अध्यक्ष तिमिल्सिनासहित पर्यटनमन्त्रीले रात काट्नुभयो । बिहान उठेपछि सूर्योदय हेरेर मनोरम दृश्यमा आफूहरुको मन...
समाचारपत्र दैनिक- असोज २९,
काठमाडौं । दशैंको पाँच दिन सिसडोल ल्यान्डफिल साइट बन्द हुने भएको छ। स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको हो। कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो– ‘यो वर्ष...
असोज २८,
काठमाडौँ । नेपाली सेनाले आगामी विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने भएको छ । दशैँका बेला सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले ती मार्गमा बस चलाउने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तीस सिट क्षमताका ती...
असोज २८,
हुम्ला । जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकै साथ कारोवार सुभारम्भ गरेको छ । नेपाल सरकारको सबै स्थानीय तहमा बैंक शाखा पु¥याउने योजनालाई आत्मसाथ गर्दै बैंकले कर्णालीमा कारोवार सुरु गरेको हो । हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार सुरु भएको छ । अन्य शाखाहरु...
असोज २८,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सरकारद्वारा गठित उच्चस्तरीय वार्ता समितीका संयोजक सोम प्रसाद पाण्डेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कमजोर नआँक्न चेतावनी दिएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संयोजक पाण्डेले यस्तो बताएका हुन् । उनले भने,‘साना तिना घट्नाहरु घटेका छन् । तर,...
असोज २७,
धनुषा । धनुषाको औरही गाउँपालिका-१ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मुनिषाकुमारी यादव शुक्रबार साँझ हराएकी थिइन् । आमाबुबाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा औरही(२ का रामआशिष साहको धानखेतबाट शव भेटिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा औरही ५ परवाह...
चेलीबेटी ओसारपसार गरि प्रयाप्त सम्पत्ति आर्जन गरेका संखुवासभा स्थायी घर भैइ सुनसरी जिल्ला इटहरी ८ बस्ने तिर्थराज रेग्मी र निजको दोश्रो श्रीमती यशोदा भट्टराई(रेग्मी) लाई पीडितहरुले कारबाहीको उजुरी संबंधित निकायमा दर्ता गराए पनि हाल सम्म कुनै कारबाही भएको छैन।निज रेग्मीलाई कारबाही गर्नुको बिपरित प्रहरी प्रशासनकै छत्रछायामा थप नयाँ धन्दा संचालन गरेको तथ्य त प्रमाण मोरङ जिल्ला उर्लाबारी ८ दुर्गापुरी...
असोज २६,
काठमाडौँ । दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् । उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका...
केके मानन्धर
असोज २५,
भक्तपुर । भक्तपुर जिल्ला कै सबभन्दा जेठो सामाजिक संस्था न्ह्यज्या खलः थिमिले ५७ औं वर्षगाँठ मनाएको छ । मध्यपुर थिमिको बालकुमारीमा भव्य समारोहकाबीच खलःले कार्यक्रम सम्पन्न गरेको हो । तात्कालिन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध २०१८ सालमा गठन गरिएको न्ह्यज्या खलःले निरन्तर रुपमा भाषा, साहित्य, शिक्षा तथा सामाजिक चेतना जगाउने काम गर्दै आएको छ । विशेषगरी भक्तपुरका नागरिकहरुलाई...




