Sunday, June 21, 2026
Home Blog Page 1900
असोज ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताए। ‘राजाबाट नागरिक भइसकेका व्यक्तिबाट अशोभनीय ढंगले असामयिक बोली आउनु त्यति वाञ्छनीय होइन’, ओलीले पूर्वराजा शाहतर्फ संकेत गर्दै भने, ‘यो भन्दा बढी...
असोज ३०, बनेपा । सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दोलखा सैलुङ गाउँपालिका– ७ का ३५ वर्षीय सोनाम लामा, उहाँकी श्रीमती ३० वर्षीया बिमला लामा र १२ वर्षीय छोरा मनिष लामा रहेको छ । सोनामको धुलिखेल अस्पताल तथा बिमला र मनिषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी...
असोज २९, नगरकोट । काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस सेवाको उद्घाटन गरेका छन् । उक्त कार्यक्रमलाई सम्त्रोधन गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारवाही गर्न आग्रह गरेका छन् । नेता नेपालले भने “सरकारसँग स्वदेश र विदेशमा...
असोज २९, काठमाडौं । सोमबार सुनको मूल्य बढेर तोलाको ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन आइतबार सुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । तेजावी सुन भने ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोलामा ७...
असोज २९, काठमाडौँ । नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकस्वरुप चियापान कार्यक्रम पछाडि सार्ने निर्णय...
Gulmi, Oct 15 (RSS): Two men were killed when a jeep skidded off the road and fell some 300 meters into a local river at Chandrakot in Gulmi today morning. The deceased have been identified Bharat Bahadur Gurung, 53, and Lal Bahadur Gurung, 39, of Chandrakot Rural Municipality-2. The ill-fated vehicle (Lu 1 Ja 2181) was returning to Chandrakot...
असोज २९, काठमाडौं । आगामी मंसिर १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘शान्ति’ को गीत ‘बलेसीमा पानी खस्यो’ सार्वजनिक भएको छ । गीतमा दिनेश लिङदेनको शब्द, विकास चौधरीको संगीत र विकास तथा सशिका राईको स्वर छ । सुशिल क्षेत्री र निशा पोमुले फिचरिङ गरेको गीतमा जनक राईको कोरियोग्राफी छ । फिल्मका निर्देशकसमेत रहेका दिनेशका अनुसार फिल्मले वैदेशिक...
असोज २९, गुल्मी । गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिनुभयो...
असोज २९, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोस्रो चरणको सेयर कात्तिक १५ गतेदेखि निष्काशन गर्ने भएको छ ।दोस्रो चरणको साधारण सेयर अन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो । प्रतिकित्ता सय रुपैयाँदरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयर मध्ये पहिलो चरणमा दोलखाका खायोजना प्रभावितका लागि १ करोड...
असोज २९, झापा । पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको छ । ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यका कारण बेँसीबजारको ‘होमस्टे’ले धनकुटाको नाम्जे र लमजुङको घलेगाउँ जतिकै प्रख्याति पाउने सम्भावना छ । काँकडभिट्टाबाट १५ किलोमिटर उत्तरमा अवस्थित बेँसीबजार झापाको मेचीनगरको वडा नं ३ र इलामको रोङ–५ मा पर्छ । ग्रीनभिलेज होमस्टेमा आबद्ध...