कार्तिक १२,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
सोमबार अपरान्ह शिक्षण अस्पताल महाराजगञ्ज पुगी सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । सामेबार नै नेताहरु जनार्दन शर्मा, मन्त्री गोकर्ण विष्ट लगायतले पनि प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए । पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताहरूले विहानै प्रधानमन्त्री...
थम्मन थापा
कार्तिक १२,
बागलुङ । बागलुङको तुरतुरे ताल हेर्ने आन्तरिक पर्यटकहरु बढेका छन । जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा पर्ने तुरतुरेमा गत भदौ ३० गते राती पहाड खसेर बडिगाड खोला थुनिएपछि बनेको उक्त तालले अहिले आन्तरिक पर्यटकलाई आकर्षण गर्दै आईरहेको छ । पानी ओभर फ्लो भएर बगेपनि पानी जम्मा भएर बनेको ताल आन्तरिक पर्यटकको रोजाई बनेको...
कार्तिक १२,
ललितपुर । एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पु¥याए । उपचारको क्रममा उनी कडा खालको मानसिक रोगबाट पीडित भएको पत्ता लागेको हो । केन्द्रका मनोचिकित्सक डा पशुपति महतले अभिभावकलाई उनलाई नियमित र समयमा औषधि खान सल्लाह दिए । अभिभावकले विभिन्न खालको उपचार गर्दासमेत...
कात्तिक १२,
काठमाडौं । नेपाल भारत मैत्री समाजले काठमाडौंको न्ह्योखास्थित जनचिकित्सालयलाई करिव तीन लाख रुपियाँ बराबरको स्वास्थ्य सम्बन्धिको उपकरण उपलब्ध गराएको छ । समाजका सभापति प्रेम लस्करीले चिकित्सालयकी अध्यक्ष विमला मानन्धरलाई ती उपकरण हस्तान्तरण गरेकी हुन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, भारतीय दुतावासका प्रथम सचिव सहभागी सो कार्यक्रममा उपकरण हस्तान्तरण गरिएको हो । साथै कार्यक्रममा...
-सुशिला पौडेल,
जलाएँ तिम्रो तस्बिर मैले याद पनि जलाएँ
सम्झिन्न तिमीलाई भनी मैले कसम खाएँ
थाहा थियो मलाई व्यर्थैको कोसिस हो मेरो
यो बुझी बुझी पनि त मैले धेरै बुझ पचाएँ ।लाग्दैन तिमी विना जिउन सक्छु म त
बिछोडको आँसु पिउन सक्छु म त
चढाएँ मैले आफैंलाई प्रीति को बली चढाएँ
सम्झिन्न ।तिम्रो जीतमा नै मेरो पनि जितै छ हेर
यो मन खुसी हुन्छ तिम्रै खुसी सम्झेर
लडेर आफू सधैं...
कार्तिक ११,
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दिवङ्गत नेता सीताराम मास्केप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थीव शरीर सोमबार बिहान ८ देखि ११ बजेसम्म धूम्रबाराहीस्थित नेकपा कार्यालयमा राख्ने भएको छ । सो दिन पार्टी कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उहाँलाई दलको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएपछि अन्य नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले...
कार्तिक ११,
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले काभ्रेपलाञ्चोक शाखाका सदस्य जीवन पराजुलीको सवारी दुर्घटनामा परी २४ वर्षको अल्पायुमै निधन भएको खबरले स्तब्ध भएको जनाएको छ । महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित चुरेथुम्कामा बा ३ च २८७ जीप दुर्घटना हुँदा पत्रकार पराजुलीसहित तीन जनाको निधन...
नयाँ नेपाल न्युज
कार्तिक ११ ,
काठमाडौं । भक्तपुर र काभ्रेको सिमानामा रहेको विश्वमा चर्चित पर्यटकिय स्थान नगरकोटमा जाने बाह्य देशका पर्यटकहरुले दोहोरो कर तिर्नु पर्ने भएको छ । दुई स्थानीय सरकारले एकै स्थानको लागि दोहोर कर लिएको भन्दै नगरकोटका स्थानीय बासिन्दा, पर्यटन व्यवसायी र होटलमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । दबाव स्वरुप आइतबार कालो झण्डा सहितको विभिन्न माग लेखिएका...
कार्तिक १०,
भक्तपुर । हिन्दुहरुको अर्को ठुलो पर्व तिहार आउन केही दिन मात्र बाकीँ छ । भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका धेरै किसानहरुले एक रोपनी देखी पाचँ रोपनी सम्म जग्गा मखमली, सयपत्री लगाएतका फुलहरु लगाएका छन । तिहारको लागि पुजा र मालाको लागि धेरै फुल आवश्यकता पर्दछ । लक्ष्मीपुजाको दिन घर र कार्यालयमा माला लगाउन चाहिने सयपत्री फुल र भाइटिकाको...
कार्तिक ९,
काठमाडौं । दीपेन्द्र के.खनाल निर्देशित मल्टिस्टारर फिल्म ‘चङ्गा चेट’ को सेन्सर पास भएसँगै पोस्टर सार्वजनिक भएको छ । कार्तिक १६ गते रिलिज डेट नजिकिदै गर्दा तीन वटा पोस्टर सार्वजनिक गरेको छ । फिल्मले सेन्सरबाट पिजी प्रमाण पत्र पाएको छ ।कमेडि जनरामा तयार पारिएको चङ्गा चेट फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाहरुले अभिभावकको निगरानीमा रहर्नु पर्नेछ । काठमाडौमा बसेको...
