सयपत्री र मखमली फुलेपछि भक्तपुर भयो यसरी ढकमक

562

कार्तिक १०,
भक्तपुर । हिन्दुहरुको अर्को ठुलो पर्व तिहार आउन केही दिन मात्र बाकीँ छ । भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका धेरै किसानहरुले एक रोपनी देखी पाचँ रोपनी सम्म जग्गा मखमली, सयपत्री लगाएतका फुलहरु लगाएका छन । तिहारको लागि पुजा र मालाको लागि धेरै फुल आवश्यकता पर्दछ । लक्ष्मीपुजाको दिन घर र कार्यालयमा माला लगाउन चाहिने सयपत्री फुल र भाइटिकाको दिन दाजभाइलाई लगाउने मखमली फुलको केही वर्ष यता भक्तपुरमा व्यवसायीक खेती हुदैंँ आएको छ ।


भक्तपुरको जिल्लामा चाँगुनारायण नगरपालिको वडा नम्बर ६ नगरकोट र ९ ताथली तथा सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ गुण्डुमा व्यवसायीक मखमली फुलको खेती हुदैं आएको छ ।
जग्गा भाडामा लिएर समेत केहि किसानहरुदले फूल खेती गर्ने गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुकी कल्पना बस्नेतले विगत ८ वर्ष अगाडीदेखि मखमली फुल खेती गर्दै आएकी छिन् । उनका अनुसार यो वर्ष पनि घरमै आएर व्यापारीले प्रतिमाला मखमली फुलको १८ रुपैयाँसम्म दिए ।

तर तेही माला दिदिबहिनीले खरिद गर्दा ५० रुपैयाँसम्म पर्दछ । यसरी अन्य उत्पादनमा जस्तै फुलमा पनि विचौलीया हावी हुदाँ किसानलाई खासै फाइदा नहुने गरेको अर्की किसान मैयाँ बस्नेतले बताइन् । तिहारको समयमा सयपत्री फूलको माला अनुसारको दुइ सय सम्म पर्ने गरेको छ । एक रोपनी क्षेत्रफल भएको जग्गामा मखमली फूल राम्रो फुलेमा तीन हजार ५ सयसम्म माला तयार हुने उनीहरुको भनाई छ । यो वर्ष तिहार पर्व केही समय पछाडी भएकाले भक्तपुरका किसानलाई धान भित्राउन र मखमली फुलको माला बनाउन एकै साथ परेको ताथली कल्पना बनमालाले बताइन् ।
एकातिर खेतमा पाकेको धान भित्राउने समय समेत भएकाले तिहारको भाइटिकाको दिन लगाउने मखमली फुलको माला बनाउन व्यस्तता बढेको हो ।
तिहारको समयमा बजारमा सयपत्री र मखमली फूलहरुको माग बढ्ने भएकाले सम्बन्धीत निकायले यसरी व्यवसायीक फुलखेती गरेका किसानहरुलाई प्राविधिक ज्ञान, सिप र तालीमको व्यवस्था गर्ने हो भने नेपाल फुलमा आत्मनिर्भर हुने देखिन्छ ।
मानिसको दैनिक जिवनमा जन्म देखि मृत्यू सम्म आवश्यक फूल करोडौ मुल्य बराबरको फूल बिदेशबाट आयात हुने गरेको छ ।
भतmपुरमा किसानले वार्षीक दुई करोड भन्दा बढिको फूलको बिक्रि गर्दै आइहेका छन् ।