Tuesday, June 23, 2026
Home Blog Page 1878
मंसिर १३,भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई० १० चैतबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा १० चैतबाट सञ्चालन गर्ने गरी सबै विषयको परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी...
नयाँ पत्रिका दैनिक- मंसिर १३, काठमाडौं । लडेर घाइते भएका बिरामीको उपचारमा चिकित्सकले लापरबाही गर्दा मस्तिष्कघात भएको भन्दै बिरामीलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजामती अस्पताललाई निर्देशन दिएको छ । जिल्ला क्षतिपूर्ति समिति र उच्च अदालत पाटनको फैसलाअनुसार क्षतिपूर्ति दिन सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले अस्पताललाई बुधबार पत्राचार गरेका हुन् । गलत औषधि प्रयोगका कारण...
एजेन्सी । अभिनेत्री सुस्मिता सेनले आफ्नो ४३ औं जन्मदिन मनाएकी छिन्। यस अवसरमा उनले आफूभन्दा १५ वर्ष कान्छा ब्वाइफ्रेण्ड रोहमन शललाई पनि आमा र भाइसँग भेटाइन् । पार्टीमा रोहमनको सुस्मिताकी आमासँग निकै राम्रो सम्बन्ध देखियो । यतिमात्र होइन सुस्मिता आफ्नो आमाकै अगाडि ब्वाइफ्रेण्डसँग रोमान्टिक हुन थालिन् । यो अवसरमा सुस्मिताका २ धर्मछोरीहरु पनि थिए । सुस्मिताले जन्मदिनका फोटोहरु इन्स्टाग्राममा...
घर संसार । ज्योतिष शास्त्रमा वास्तु शास्त्रको धेरै महत्व रहेको हुन्छ भन्हे ज्योतिष शास्त्र भित्र वास्तु शास्त्रले आफ्नै छुट्टै ठाउँ बनाएको हुन्छ। वास्तु शास्त्रको अनुसार,सबै दिशाहरू केही न केहि ग्रहसँग सम्बन्धित छन्। यदि तपाईको जन्म गते अनुसार सम्बन्धित दिशामा केहि वास्तुको चिजहरु राख्ने हो भने धेरैलाई हरेक प्रकारका लाभ मिल्ने हुन्छ। यदि तपाईको जन्म गते १२ छ भने १ं२.३...
मंसिर १२, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको अन्तिम खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले अङ्क बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको दोस्रो खेलमा दुवै टोलीले तीन÷तीन गोलको बराबरी खेलेका हुन् । निकै प्रतिष्पर्धात्मक देखिएको खेलमा जावलाखेलका लागि अरुज सिंह, फाडो फोफाना र सुमन डँगोलले एक एक गोल...
मंसिर १२, काठमाडौं । फिल्म ‘प्रसाद’ नेपाल लगायत युरोपका ११ देशमा प्रदर्शन हुने भएको छ । डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्टे«लिया, पोर्चुगल, बेल्जियम, नर्वे लगायतका देशमा यो फिल्म प्रदर्शनको लागि पक्का भएको निर्माण टिमको जानकारी छ । नेपालमा प्रसाद मंसिर २१ गतेबाट प्रदर्शन हुँदैछ । ‘प्रसाद’को पहिलो युरोप शो डिसेम्बर १४ मा फिनल्याण्डमा हुनेछ । अष्ट्रेलियाका विभिन्न शहरहरुमा...
मंसिर १२, काठमाडौँ । उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’ लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइएको छ । हिउँदमा दूध बढी उत्पादन हुने तर उपभोग घट्ने भएका कारण डेरी उद्योगले खरिद गर्न नसकी पछिल्ला वर्षहरुमा मिल्क होलिडे देखापर्न थालेको छ ।मन्त्रालयमातहतको राष्ट्रिय दुग्ध विकास बोर्डका...
मंसिर १२, धादिङ । श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हाम्रो समाजमा छ ।तर, धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामुहिक रुपमा रातो टीका र लुगा लगाएका छन् । श्रीमानको निधनपछि सेतो मात्रै लगाएर बस्नुपर्ने परम्पराका कारण अपहेलित हुनु परेकाले सबै महिला एक ठाउँमा भेला भएर रातो लगाइएको स्थानीय एक महिला गोमा तामाङले बताईन् । समाजको...
मंसिर १२, काठमाडौं । ‘ससुरालीमा श्रीमती मारेर हिँड्ने मै हुँ, डिएसपी सा’प अब तपाईँहरु मलाई खोज्न नहिँड्नुस् यदि मलाई पक्राउ गर्न आउनुभो भने मलाई भेट्नु हुन्न, किनकी मेरो साथमा दुई मिटर लामो डोरी छ ।’मंगलबार मध्यान्ह अपरिचित नम्बरबाट आएको फोन रिसिभ गर्नासाथ जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी बासु पाठक चकित भए । अघिल्लो दिनदेखि प्रहरीले जसलाई खोजिरहेको थियो ...
मंसिर १२, काठमाडौँ । पद सानो भए पनि पियन राजेन्द्र बस्नेत सामान्य कर्मचारी होइनन् । राजधानीका मालपोत कार्यालयहरुमा उनको ‘शासन’ चल्ने गरेको छ । मालपोत कार्यालयमा अवैध कामबाट उनले करोडौँ कमाइसकेको अनुसन्धानमा आवद्ध अधिकारीहरु बताउँछन् । महँगा कार चढ्ने हैसियत बनाएका उनले छुट जग्गा दर्ताको नाममा करोडौँ कमाएका हुन् । सार्वजनिक जग्गासमेत व्यक्तिको नाममा गराउने काममा उनी नाइके थिए ।...