युरोपमा ‘प्रसाद’ को प्रदर्शन पक्का

66

मंसिर १२,
काठमाडौं । फिल्म ‘प्रसाद’ नेपाल लगायत युरोपका ११ देशमा प्रदर्शन हुने भएको छ । डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्टे«लिया, पोर्चुगल, बेल्जियम, नर्वे लगायतका देशमा यो फिल्म प्रदर्शनको लागि पक्का भएको निर्माण टिमको जानकारी छ । नेपालमा प्रसाद मंसिर २१ गतेबाट प्रदर्शन हुँदैछ । ‘प्रसाद’को पहिलो युरोप शो डिसेम्बर १४ मा फिनल्याण्डमा हुनेछ । अष्ट्रेलियाका विभिन्न शहरहरुमा ७, ८, ९ र १० डिसेम्बरमा प्रदर्शन हुनेछ । युके, जापान नर्वे र हङकङ लगायतका देशमा पनि फिल्मको माग उच्च देखिएको छ । ‘निश्चल बस्नेतको क्रेज, फिल्मको गीत र विपिन कार्कीको अभिनयका कारण पनि फिल्मको माग बढेको छ । हामीले युरोपमा विपिनजीको फिल्म नाका देखाउँदा त्यो फिल्म हेर्न विदेशीहरु पनि आएका थिए । उनीहरुको आगमनले हामीलाई नयाँ प्रोत्साहन मिलेको छ’ निर्माता सुभाष थापाको भनाई छ ।