Wednesday, June 24, 2026
Home Blog Page 1868
मंसिर २५, जनकपुर । प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । विवाहपञ्चमी महोत्सव भव्य मनाउन भन्दै प्रदेश सरकारले बिदा दिएको हो । विवाहपञ्चमीमा लाखौँ भक्तजनको सहभागिता हुने अनुमान सरकारले गरेको छ । विवाहपञ्चमीमा सहभागी हुन हजारौँ भारतीय...
मंसिर २४, बागलुङ । झण्डै दश वर्षसम्म बेपत्ता भई मृत्युवरण गरेका गलकोट नगरपालिका ७ मल्मको एक परिवारलाई आर्थिक सहयोग भएको छ । बागलुङको गलकोट नगरपालिका ७ मल्मका स्वर्गीय जीत बहादुर बस्नेतको परिवारलाई १२ औं दिनको पुण्य तिथीमा सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको सकृयतामा संकलित रकम रु ६ लाख ३३ हजार ५ सय ८६ हस्तान्तरण गरिएको छ ।...
मंसिर २४, काठमाडौँ । काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपनिरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । होटलमा यौन व्यवसाय चलाएको आशङ्कामा नारायणटारकी होटल सञ्चालन ३० वर्षीया अञ्जली तामाङ, २८ वर्षीय चन्द्रबहादुर गोले...
मंसिर २४, लहान । मानसिक रोगका कारण १२ वर्षदेखि फलामे साङ्लोमा बाँधेर राखिएका सप्तरीका एक व्यक्तिको उद्धार गरिएको छ। अग्निसाइर कृष्णासवरन गाउँपालिका १ का ४४ वर्षीय उमाकान्त चौधरीको उद्धार गरिएको हो। सप्तरीका पत्रकार तथा इन्सेक जिल्ला प्रतिनिधि मनोहर पोखरेलको पहलमा मकवानपुरको हेटौँडास्थित मानव सेवा आश्रमको सहयोगमा चौधरीको शनिबार उद्धार गरिएको हो। पछिल्लो १२ वर्षदेखि साङ्लोमा बाँधिएका चौधरीको विषयमा समाचार...
मंसिर २४, ्रुकुम । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्गको रुकुम खण्डको काम धमाधम भइरहेको छ। अघिल्ला वर्षहरूमा ट्रयाक खनिएका सात सडक खण्डमा स्तरवृद्धिको काम भइरहेको हो। रुकुम पश्चिमको हाँसिबाङ देखि सेरीगाउँसम्मको ठेक्का नै आह्वान नभएका कारण अन्य सात खण्डमा भने कालोपत्रेका लागि काम भइरहेको हो। रुकुम पूर्वको किबिकोटदेखि पञ्चासेसम्मको काम पनि अहिले ग्राभेल गर्ने र कालोपत्रेको लागि...
मंसिर २४, डेढ वर्ष अगाडि म इलाममा कार्यरत थिएँ। घर परिवार सबै झापामा भएकाले प्रायः साप्ताहिक रूपमा झापा झर्थें। त्यस क्रममा एउटा गाडी, जुन गाडीमा म नियमित ओहोर–दोहोर गर्थें, ती गाडीवाला पहिले सहचालक थिए, पछि आफैँ ड्राइभर भएछन्। उनी अवकासप्राप्त सैनिक पनि रहेछन्। एक पटक गफै गफमा उनले मलाई सोधे– ‘हजुरको श्रीमान्चाहिँ के गर्नुहुन्छ म्याडम ?’ यो प्रश्न मेरा...
वीरेन्द्र ओली/नयाँ पत्रिका दैनिक मंसिर २४, काठमाडौं । सरकारले टिम्बर कर्पोरेसन अफ नेपाल प्रालि र वन पैदावार विकास समिति खारेजीको तयारी गरेको छ । दुवै संस्था खारेज गरी शक्तिशाली प्राधिकरण बनाउने तयारी गरेको हो । १८ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले उस्तै प्रकृतिका संस्थालाई खारेज गर्ने निर्णयबमोजिम दुई संस्था खारेज हुन थालेका हुन् ।वन क्षेत्रलाई उद्यमका रूपमा विकास गरी आर्थिक लाभ...
मंसिर २४, काठमाडौं । संसदीय सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले भारतका लागि नीलाम्बर आचार्यसहित मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि अञ्जान शाक्यको नाम स्वीकृत गरेको हो । युएईका लागि अनुमोदित राजदूत कृष्णप्रसाद ढकालले युएईमा कार्यरत नेपालीको सुरक्षा, नेपालमा लगानी भित्र्याउनेलगायतका काममा विशेष जोड...
अन्नपूर्ण पोष्ट- मंसिर २४, काठमाडौं । इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका थिएनन्। अहिले एक दिनमै करोडौं...
मंसिर २४, सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका भारतीय नागरिक रविकान्त मिश्रको आइतबार अचानक बिरामी भइ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ । रामवेलर्स नेपाल टे«किङ एड्भेन्चर प्रालि नेपालगञ्ज बाँकेमार्फत सगरमाथा आधार शिविर भ्रमणमा आएका ३० वर्षीय भारतीय नागरिक मिश्र शनिबार बेलुकी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ थुक्लाको...