Wednesday, June 24, 2026
Home Blog Page 1867
मंसिर २६, काभ्रेपलाञ्चोक– धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना ४ ख ९२२१ नम्बरको बसले सोही दिशाबाटै जाँदै गरेको बा ८३ प ३३५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धुलिखेल नपा–३ कुत्तालका २० वर्षीय सन्त तामाङ गम्भीर घाइते भएको र उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको...
मंसिर २६, काठमाडौँ – दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेको बेला लोकसेवा आयोगले झण्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ । आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनमा ५० हजार जनाको आवेदन पर्ने आयोगको अनुमान छ ।आयोगका अध्यक्ष उमेश मैनालीले संसद सेवा, न्यायसेवा र महालेखा...
मंसिर २६, बदिर्याया — बर्दियाको बासगढी नगरपालिका ७ लक्षमनस्थित पुर्णहिरा माविमा सोमबार साढे १० बजे संघीय सांसद सञ्जय गौतम एक्कासि झुल्किए । उनी आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भए । विद्यालयको शैक्षिक स्तर कसरी उकास्न सकिन्छ भन्ने विषयमा शिक्षकसँग सुझाव लिईसकेपछि सांसद गौतमले प्रत्येक कक्षाकोठामा पस्दै विद्यार्थीका समस्या पनि सुने । भौतिक पुर्वाधार तथा शैक्षिक...
मंसिर २६, काठमाडौं – सरकारले कृषि तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा मुलुकमा एक वर्षमै करिब दुई अर्ब रुपैयाँको कागती आयात भएको छ।राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०७४–७५ मा भारतबाट दुई अर्ब १५ करोड रुपैयाँको कागती आयात भएको हो।केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत राजेन्द्र कोइरालाले यो तथ्यांक अझ धेरै हुन सक्ने बताए। ‘कागतीमात्र दुई अर्ब...
मंसिर २६, काठमाडौं - महिनावारी स्वास्थय व्यवस्थापनसम्बन्धी बृहत् परामर्श कार्याशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । मेन्स्टुएक्सन विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरी महिनावारीका बेला अघि बढ्न सकुन् भनेर सुनिश्चित गरौँ विषयक उक्त गोष्ठीमा छोरी मान्छे १० बर्षदेखि १६ बर्षको हुँदा पहिलोपटक महिनावारी,महिनावारी चक्र शुरु हुने बताईएको छ । कार्यक्रममा कोलम्बियाका युनिभर्सिटीकी डा. मेरनी शोभरले महिनावारी पाप...
मङ्सिर २६, मङ्गलबारे इलामको रोङ गाउँपालिका–६ सलकपुरका ५४ वर्षीय प्रेम योञ्जनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको छ । सलकपुर खानेपानी तथा सरसफाइ योजनामा कार्यरत योञ्जनको कामबाट फर्कने क्रममा तारे भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
२६ मङ्सिरललितपुर, सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज पाटन ल्याइने भएको छ । केही दिन पहिले मच्छिन्द्रनाथका ज्योतिष खलक जोशीले हेरेको साइतअनुसार आज बुङ्गमतीमा रहेका देवता पाटन ल्याउन लागिएको हो ।बिहान पूजाआजा सकेर अपराह्न खटमा राखेर देवता ल्याएर मच्छिन्द्रवहालमा राखिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । मच्छिन्द्रवहालको पश्चिम ढोकाबाट देवता भित्र्याइने गरिन्छ । मच्छिन्द्रनाथ यहाँ...
नयाँ पत्रिका- मंसिर २५, काठमाडौं । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरूलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्‍याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरू स्वदेश फर्किएका हुन् । रोल्पाका २२ वर्षीय नरेन्द्र घर्तीमगर १ असोज ०७४ मा अमेरिका जान हिँडेका थिए । अमेरिका पुग्ने...
नयाँ पत्रिका दैनिक- मंसिर २५, काठमाडाैं | उपत्यकाभित्र करिब ३ सय जेब्राक्रस छन्, तर ट्राफिक बत्ती भने तीनवटामा मात्रै सञ्चालित छन् । नयाँ बानेश्वर, महाराजगन्ज चोक र भक्तपुरको कौशलटार चोकको जेब्राक्रसमा मात्रै ट्राफिक बत्तीले काम गर्छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार थापाथलीको जेब्राक्रस उपत्यकामा सबैभन्दा व्यस्त हुन्छ । बिहान र बेलुकाको ‘पिक आवर’मा मात्रै थापाथली जेब्राक्रसबाट दैनिक १५ हजार चार सयले बाटो काट्ने...
मंसिर २५, झापा । अन्तर्राष्ट्रिय मानवअधिकारको दिवसको अवसर पारेर भूटानी शरणार्थीले स्वदेश फिर्ती र राहतको माग गर्दै प्रदर्शन गरेका छन् । शरणार्थी समस्या सुल्झाउन दबाब पु¥याउने उद्देश्यले शरणार्थीहरुले शिविरमा प्रदर्शन गरेका हुन् । शिविरमा दातृ निकायको सहयोगमा शिविर व्यवस्थापन समितिले गरेको कार्यक्रमलाई लक्षित गरी प्रर्दशन गरिएको भुटानी रिकन्सिलेसन कमिटी भुटानका संयोजक कृष्णवीर तामाङले बताउनुभयो । प्रदर्शनका क्रममा स्वदेश...